जिवनाथ तथा भवनाथ स्मृति प्रतिष्ठानद्वारा छात्रवृत्ति बितरण

जिवनाथ तथा भवनाथ लम्साल स्मृति प्रतिष्ठानद्वारा बर्षेनी वितरण गरिदै आएको छात्रवृत्ति बितरण कार्यक्रम यस बर्ष पनि विपन्न तथा जेहेन्दार चार जना विधार्थीलाई वितरण गरिएको छ । विगत ७ बर्षदेखि बर्षेनी चार जना जेहेन्दार तथा विपन्न विधार्थीहरुलाई स्टेसनरी तथा ड्रेस किन्नका लागि भएपनि सहयोग गर्ने हेतुले प्रोत्साहन स्वरुप वितरण हुँदै आएको सस्थाका महासचिव डिल्लीरमण लम्सालले रकम हस्तान्तरण गर्दै सो जानकारी गराएका हुन ।

एक जनाका लागि यो रकम पुर्ण नभएपछि जेहान्दार विधाथीहरुका लागि प्रोत्साहन स्वरुप वितरण गरिएको र आगामी दिनमा रकमको साथै विधार्थी सख्या पनि बढाउने प्रयास भैरहेको जानकारी दिए ।

सस्थाले स्थापना कालदेखि नै धादिड जिल्लाको नीलकण्ठ नगरपालिका १३ स्थित मनरुपी माध्यमिक विधालयमा अध्ययनरत विधार्थीहरुलाई सो रकम हस्तान्तरण गर्दै आईरहेको छ । मनरुपि मध्यामिक विधालयको बार्षिक उत्सव तथा अभिावक भेलाको अवसरका आयोजित कार्यक्रममा प्रदेश सासद गोविन्द लम्सालको प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा विधालय व्यवस्थापन समितिका अध्यक्ष रेशम गुरुड, संकोस मावि पचघरे विधालय व्यवस्थापन समितिका अध्यक्ष राकेस धमला, नीलकण्ठ नगरपालिका वडा १२ का अध्यक्ष धर्मराज भण्डारी, १३ का अध्यक्ष सोम गुरुड,प्रधानाध्यापक टोप गुरुडलगायत  स्थानीय नेता तथा समाजसेवीहरुको उपस्थिति रहेको थियो ।

प्रतिस्ठानले भविश्यमा छात्रबृत्तिको दायरा फराकिलो बनाउन र विधार्थी सख्या बढाउनका लागि जिल्लामा सस्था दर्ता गरेर समाज कल्याण परिषदमा दर्ता गरेर राष्ट्रिय तथा अन्तराष्ट्रिय दाताहरुलाई पनि सहयोग लिएर बृहत काम गर्ने तयारी भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *