जाने बेला ट्रम्पद्धारा एसाईलम गर्नेलाई रोक्न कडा कानुन

अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी र डिपार्टमेन्ट अफ जस्टिसले अमेरिकामा लगभग एसाइलमलाई पूर्णरुपमा नै प्रतिबन्ध लगाउने अन्तिम नियम आज फेडरल रजिष्टरमा प्रकाशित गरेको छ । यो नियम नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले पदको सपथग्रहण गर्नुभन्दा ९ दिन अगाडि अर्थात् जनवरी ११ देखि पूर्णरुपमा लागु हुनेछ ।

यो नियम अन्तिम नियम भएकाले कमेन्ट अवधि राखिएको छैन । ४१९ पृष्ठको यो नियम अन्तरगत अब सिमाक्षेत्रमा आएर एसाइलम गर्नेले अमेरिकामा रहनका लागि आफ्नो देश फर्केमा अत्यन्तै गम्भिर प्रकारको नोक्सानी हुने कुरा क्रेडिबल फियर अन्तरवार्ताकै क्रममा पुष्टी गर्नुपर्नेछ । अहिलेसम्म आफ्नो देश फर्केमा यातना र नोक्सानीको डरमात्र भएको पुष्टी गर्न सकेमात्र पुग्छ ।

अत्यन्तै कठोर प्रकारको नोक्सानी हुने पुष्टी गर्न नसक्नेहरुलाई तीब्र प्रकारको देशनिकालामा राखिने भएको छ । नयाँ नियम अन्तरगत अध्यागमन अदालतका न्यायाधिसहरुलाई ओजनदार नभएको वा नक्कली भएको भन्दै एसाइलम आवेदनहरु खारेज गर्न अधिकार प्राप्त हुनेछ । अर्थात् न्यायाधिसहरुले सुनुवाईको अवशर प्रदान नगरिकनै एसाइलम आवेदनहरु अस्वीकार गर्नसक्नेछन् ।

नक्कली एसाइलम गर्नेहरुलाई अन्य प्रकारका अध्यागमन राहतका लागि आवेदन दिन समेत प्रतिबन्ध लगाइने भएको छ । साथै भविश्यमा अन्य भिसा र ग्रिनकार्ड आवेदनका लागि समेत प्रतिबन्ध लगाइने भएको छ । नयाँ नियम लागु भएपछि अब केही भाग्यमानीलेमात्र अमेरिकाको एसाइलम जित्न सम्भव हुनेछ ।

‘यो नियम लागु भएपछि ४ दशकभन्दा लामो अमेरिकाको एसाइमल प्रणाली ध्वस्त हुनेछ । साथै अमेरिकामा लगभग एसाइलम पाउन असम्भव जस्तै हुनेछ । यसले सिमाक्षेत्रमा प्रारम्भिक स्क्रीनिङ पास गर्न मुस्किल हुनेछ भने लामो समयदेखि अभ्यास हुँदै आएका एसाइलमका आधारहरु खारेज गर्नेछ । साथै आवेदकलाई सुनुवाईको अवशर विना नै एसाइलम आवेदन अस्वीकृत गर्ने अधिकार न्यायाधिसहरुलाई प्रदान गर्नेछ । तेश्रो मुलुक हुँदै अमेरिका आउने प्राय सबैका लागि एसाइलम अस्वीकार हुनेछ ।

पछिल्लो कदम ट्रम्प प्रशासनले एसाइलममा कटौती गर्नका लागि विगत ४ बर्षदेखि चाल्दै आएका कदमको पछिल्लो र सबैभन्दा कडा कडी हो । गैरकानुनी रुपमा अमेरिका प्रवेश गरेकादेखि नक्कली कागजात पेश गरेकाहरुसम्मलाई मात्र नभई अमेरिकामा रहने क्रममा ट्याक्स नतिरकाहरुसम्मलाई एसाइलमका लागि अयोग्य बनाउने प्रावधानहरु समेत यो नियममा समेटिएको छ ।

Leave a Reply

Your email address will not be published.