जयशंकरले बैठक नै नबसी फर्किने धम्की किन दिए ?

 

काठमाडौँ — नेपाल–भारत संयुक्त आयोगको सातौं बैठकमा सहभागी हुन आफू आएकै दिन चिनियाँ नेतालाई पनि बोलाएको भन्दै भारतका विदेशमन्त्री एस जयशंकरले नेपाली पक्षसमक्ष असन्तुष्टि जनाउदै नेताहरुलाई हप्काको समाचार छ । बिहीबार दिउँसो चिनियाँ कम्युनिस्ट पार्टी ९सीपीसी० का युनान प्रान्त डेपुटी सेक्रेटरी सी युगाङ चारदिने भ्रमणका लागि काठमाडौं आएको विषयलाई लिएर उनले आफु बाँकी अरु बैठकमा सहभागी नहुने भन्दै चिनिया नेता आउनुको कारण मागेका थिए ।
२०७२ मा नेपालको संविधानसभाले दफा–दफा गर्दै संविधान पारित गरिसकेपछि भारतका तत्कालीन विदेश सचिव जयशंकर प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूतका रूपमा काठमाडौं आएका थिए । तत्काल संविधान जारी नगर्न गरेको आग्रह अस्वीकार गरेको भन्दै उनले नेपाली नेताहरूसँग वादविवाद गरेका थिए । यसपालि विदेशमन्त्रीका रूपमा आएका बेला पनि उनले चिनियाँ नेताको भ्रमणको विषयलाई आफ्नो ‘प्रतिष्ठा’ को विषय बनाएको परराष्ट्रका अधिकारीहरूले बताएका छन् ।

 

‘आफू आएकै दिन नेपालले उत्तरबाट पनि पाहुना बोलाएको भन्दै उहाँको असन्तुष्टि थियो, असन्तुष्टिभन्दा पनि उहाँले खुलेर रोष नै व्यक्त गर्दै तय गरिएको बैठकमा भाग नलिनेसम्म पनि अडान राखेका थिए । ‘जयशंकरजीले प्रधानमन्त्री पुष्पकमल दाहाल र परराष्ट्रमन्त्री एनपी साउदसँग पनि आपत्ति जनाउर्दै नेपाली पक्षले दुई छिमेकबाट पाहुना आउनुको सन्दर्भ फरक–फरक भएको र एकै दिन पर्नु संयोग मात्र भएको स्पष्ट पारेपछि भारतीय विदेशमन्त्री आयोगको बैठकमा सहभागी हुन तयार भएका थिए । आयोगको बैठकपछि कांग्रेस सभापति शेरबहादुर देउवासँगको भेटमा समेत जयशंकरले यही विषय दोहोर्‍याएर नेताहरुलाई निकै आक्रोसित भएर प्रस्तुत भएका थिए ।

परराष्ट्रमन्त्री एनपी साउद त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर भारतीय समकक्षीलाई स्वागत गरेका थिए । तर, चिनियाँ नेताको नेपाल भ्रमणबारे भने परराष्ट्र मन्त्रालय र नेपालस्थित चिनियाँ दूतावासले कुनै पनि सूचना बाहिर ल्याएको छैन । कूटनीतिक स्रोतका अनुसार नेता सीले नेपालका प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहालसहित उपराष्ट्रपति रामसहायप्रसाद यादव तथा एमाले, माओवादी र नेकपा एसका नेतासँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

भारतीय विदेशमन्त्री जयशंकर बिहीबार बिहान काठमाडौं ओर्लेलगत्तै राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास पुगेका थिए । त्यसपछि उनले प्रधानमन्त्री दाहालसँग प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भेटवार्ता गरे । त्यसपछि जयशंकर आयोगको बैठकका लागि होटल याक एन्ड यती पुगे । बैठक सकेपछि उनले कांग्रेस सभापति देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सीके राउत र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई भेटे ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *