क्यानडा, नेपाली जनसम्पर्क समिति क्यानडाद्धारा आयोजित निशुल्क कर फाइल क्याम्प सम्पन्न भएको छ । मार्च १५ आइतवार आयोजना गरिएको सो कार्यक्रम बिहान ९ बजे देखि साँझ ७ बजेसम्म चलेको थियो । क्यानडामा जागीर वा व्यवशायबाट गरीने आम्दानीको आयकर वर्सेनी अनिवार्य रुपमा सरकारलाई कर बुझाउने गरिन्छ । बिशेषत ग्रेटर टोरोन्टो वरपर बस्ने नेपालीहरुलाई लक्षित गरि सो कार्यक्रमको आयोजना गरीएको समितिका कार्यबाहक सभापति चन्दा अधिकारीले बताउनुभयो । क्यानडामा बस्ने नेपालीहरु कर तिर्नका लागी कुनै झन्झट नहोस भन्ने अभिप्रायले करसंग सम्बन्धित दक्ष चार्टड एकाउन्टेन्टहरुको सहकार्यमा यस किसिमको कर क्याम्पको आयोजना गरिएको सो कार्यक्रमका संयोजक तथा जनसम्पर्क समिति क्यानडाका कोषाध्यक्ष विशाल घिमिरेले जानकारी दिए ।
यसरी कर फाइल सेवा प्रदान कर व्यवशायी तथा कर विज्ञ स्वयम बिशाल घिमिरे, मितुल शाह, मदन पोखरेल तथा लक्ष्मण पाण्डेले गर्नुभएको थियो । सो कर क्याम्पबाट नेपाली तथा भारतीय मुलका नागरिकहरु गरी करिब ३०, ३५ परिवारले प्रत्यक्ष सहभागी भई सेवा लिनुभएको समिति सदस्य तथा कार्यक्रम स्वयमसेवक राजेन्द्र पोख्रेलले जानकारी दिनुभयो । सो कार्यक्रम अबधिभर कोरोना भाइरस बाट पर्न सक्ने सम्भावित खतरालाई मध्य(नजर गर्दै मास्क स्वास्थ्य सामाग्रीहरुको पनि प्रबन्ध गरिएको थियो ।
सो कार्यक्रमको समापन समारोहमा स्वयम सेवकहरुलाई नेपाली जनसम्पर्क समिति क्यानडाका महामन्त्रि बसन्त कार्कीले मायाको चिनो प्रदान गर्नुभएको थियो भने आफ्नो काम बिशेषले अमेरिकामा रहनु भएका समितिका सभापति बुद्धि प्रकाश ओलीले टेलिफोनमार्फत कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो ।