छुटाउनै नहुने बोर्ड डाईरेक्टरका उमेदवार ‘कमल सापकोटा ’

गैरआवासिय नेपाली संघ अमेरिकाको चुनावी रौनक बढी रहँदा उम्मेदवारहरु प्रचार प्रसारमा व्यस्त छन । एनसिसि अध्यक्ष, आईसिसि सदस्यदेखि च्याप्टर सदस्यहरु घर दैलो र विभिन्न सामाजिक सन्जालबाट मत मागी रहेका छन । यसै हुलमा बोर्ड अफ डाईरेक्टरमा उठेका एक जना छुटाउनै नहुने नाम हो कमल सापकोटा । विगत १५ बर्षदेखि टेक्सासको डालासलाई कर्म क्षेत्र बनाएर एक दर्जन भन्दा बढी व्यवसायमा संलग्न सापकोटा नेपाली समाज टेक्सासको नेतृत्व तहमा रहेर काम गरी सकेका व्यक्ति हुन । चितवनबाट विधार्थीका रुपमा अमेरिका आई व्यापारमा सफल सापकोटा समाजसेवामा सक्रिय रहेका छन । उनि यतिखेर नेपाल र अमेरिकाका विभिन्न सामाजिक संस्थाहरुमा सक्रिय रहेका छन । उनले आफुलाई मत दिन आग्रह गर्दै यसो भनेका छन ।
म वोर्ड सदस्यमा उठ्नेले एजेण्डा बाँडेर भन्दा पनि भोली यो संस्थामा बहुसख्यक नेपाली अमेरिकनलाई सहभागी गराएर एनआरएनको मुल मन्त्र समृद्ध नेपालको लागि प्रवासमा रहेका सबैले आआफ्नो हैसियत अनुसारको योगदान दिने हो । लगानी गर्नेले लगानी गरौ, सीप ज्ञान हुनेले त्यसैलाई लगाएर जसरी हुन्छ एनआरएनको संस्थापकहरुले जुन उदेश्यले संस्था स्थापना गरे त्यहि मुल मन्त्रलाई पुर्णता दिउ । म एक्लैले जितेर संस्थालाई पुर्ण परिवर्तन गराउँछु भनेर संभव छैन तर म जितेर गए भने संस्थाको उदेश्य र हित विपरित कार्य हुन दिन्न र अमेरिकामा रहेका ३ लाख नेपालीहरुमा संस्थामा यसकारण हामी जोडिनु पर्दछ भन्ने कुरा सबै नेपाली सामु पुर्याउँछु । म जस्ता धेरै उमेदवार मैदानमा छन तर मतदाताज्यूहरुले मुल्याडकन गर्नुस र संस्थालाई चाहिने मान्छे, संस्थामा काम गर्न समय दिने मान्छे र संस्थामा बसेर केहि योगदान दिने मान्छे छान्नुस । मैले हिजो नेपालदेखि अमेरिकासम्म गरेको कामको मुल्यांकन गरिदिनुस र एक पटक मलाई तपाईहरुसंगै काम गर्ने अवसर दिनुभए काम गर्न तयार छु । विधार्थीको रुपमा १५, २० बर्षदेखि अमेरिका बसेर आज जे जति काम गरे अबको समय समाज सेवामा बिताउने ईच्छा छ मौका दिनु भए तयार छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *