चीनबाट स्वास्थ्य सामाग्री लिएर आइपुग्यो जहाज

काठमाडौं- कोरोना भाइरसबाट संक्रमितहरुको उपचारका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री ल्याइएको छ। नेपाल एयरलाइन्सको विमानले चीनबाट उक्त सामाग्री लिएर आएको हो। स्वास्थ्य सामाग्री लिन नेपाल एयरलाइन्सको जहाज शनिबार ग्वाङ्झाओ उडेको थियो। जहाज आइतबार बिहान साढे पाँच बजे सामान लिएर नेपाल आइपुगेको थियो।

चीनबाट कोरोना परीक्षण किट, सुरक्षाका लागि लगाउने पीपीई लगायतका सामग्री ल्याइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *