क्यालिफोनिया पुर्ण प्रभावित लकडाउन

क्यालिफोर्नियाका गभर्नरले पूरै राज्य लकडाउनको घोषणा गरेका छन् । गभर्नर गेभिन न्युसमले क्यालिफोर्निया राज्यका ४० मिलियन बासिन्दालाई घरबाहिर ननिस्कन आदेश दिएका छन् ।

क्यालिफोर्निया वासिंटन र न्युयोर्कपछि सबैभन्दा धेरै प्रभावित राज्य हो । क्यालिफोर्नियामा १०४७ मा कोरोना संक्रमण पुष्टी भएको छ ।

 

आजै क्यालिफोर्नियाका गभर्नरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई क्यालिफोर्निया राज्यका बासिन्दालाई कोरोना भाइरसबाट पर्ने प्रभावबारे जानकारी दिएका थिए । उनले आगामी ८ साताभित्र राज्यको ५६ प्रतिशत जनसंख्या कोरोना भाइरसबाट संक्रमित हुने अनुमान पत्रमा उल्लेख गरेका थिए ।

 

उनले राज्यभर ८ हप्तामा साढे २५ मिलियनमा संक्रमण हुने अनुमान गरेका हुन् । उनले क्यालिफोर्नियाको लस एन्जलसमा पानी जहाजको अस्पताल पठाउन राष्ट्रपति समक्ष अनुरोध गरेका छन् । रक्षा मन्त्रालयका अधिकारीहरुले एकसाताभित्र पानीजहाजको अस्पताल शियाटलमा पठाउने बताएका छन् ।

क्यालिफोर्नियाको सान फ्रान्सिस्को लगायतका सिटीहरु पहिलेदेखि नै लकडाउन गरिएको छ भने लस एन्जलस लगायतका सिटीमा रेष्टुरेण्ट, मनोरञ्जनस्थल लगायतका विजनेशहरु बन्द गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *