क्यालिफोनियामा नेपाली दुतावासको घुम्ती कन्सुलर शिविरसहित विशेष कार्यक्रम हुँर्दै

 

अमेरिका, अमेरिकाको क्यलिफोनियास्थित लसएन्जलस र सानफ्रान्सिस्कोमा नेपाली दुतावासको घुम्ती कन्सुलर सेवा हुने भएको छ । क्यालिफोनियाका लागि नेपाली महावाणिज्यदुत ऋषि ढकालका अनुसार लसएन्जलसमा जुन ४ र ५ साथै सानफ्रान्सिस्कोमा जुन ६ र ७ मा आयोजना गरिने छ । लसएन्जलसको पशुपति तथा बुद्ध मन्दिर र सानफ्रान्सिस्कोको सान पब्लो डाम रोडस्थित हुने छ । चार दिनसम्म चल्ने सो शिविरमा पासपोर्ट नविकरण, नयाँ आवेदन, मंजुरीनामा, एनआरएनए कार्ड, वारेसनामा, भिसा, ट्राभल डकुमेन्ट लगायतको सेवा पाउन सकिने महावाणिज्यदुत ढकालले नागरिकन्यूजलाई बताए । सोही कार्यक्रमसंगै नेपालको पर्यटन र व्यापारलाई प्रमोसन गर्नका लागि अमेरिकन व्यवसायी, सामाजिक अगुवा, सरकारी उच्च पदस्थ अधिकारीहरुलाई कन्सुलर क्याप्प गरी अन्र्तक्रिया गरिने छ ।

महावाणिज्यदुत ढकालका अनुसार हलिउडका फिल्म निर्देशक तथा निर्माता, अमेरिकन व्यापारी तथा लगानीकर्ता, क्याम्पसका प्राध्यापकहरुलगायत उच्च पदस्थ व्यक्तिहरुसंग नेपालको सामाजिक, सांस्कृतिक तथा पर्यटनका साथै लगानीको संभावनाका विषयमा अन्र्तक्रिया गरिने छ । महावाणिज्यदुत ढकालको संयोजनमा हुने यस कार्यक्रमबाट नेपालको पर्यटनको संभावनाहरु, लगानीका क्षेत्रहरु, नेपालबाट अमेरिका निर्यात गर्न सकिने संभावनाहरु, नेपाली विधार्थीहरुले भोग्नु परेको समस्या र समाधानका विषय, अनि अमेरिकी सरकारी अधिकारीहरुसंग दुई देशबीचको कुटनीतिक सम्बन्धलाई थप दरिलो बनाउन विशेष छलफलको आयोजना गरिने भएको हो ।

राजदुत डा खतिवडाले कार्यभार सम्हालेको छोटो समयमा तीव्रता दिइएको घुम्ती शिविर डालासमा मे १४ र १५ तथा ह्युस्टनमा १६ र १७ तारिकमा र त्यस अघि सिकागोमा सम्पन्न भईसकेको छ । त्यसपछि जुलाई पहिलो हप्ता वासिंटनको सियाटलमा पनि आयोजना गरिने सियाटलस्थित महावाणिज्यदुत एसी शेपाले बताए । शिविरबाट विभिन्न कारण पासपोर्ट नविकरण नभएका, भिसा सकिएकाहरुले लाभ लिन सकिने छ भने सेवा आवश्यक पर्ने नेपाली तथा विदेशी नागरिकहरुले शिविरमा सम्पर्क राख्न वा दुतावासको वेव साईटमा गएर फर्म भर्न सकिने सुचनामा उल्लेख गरिएको छ । कोरानाका कारण ट्राभल गर्नबाट बन्चित भएका र अन्य कारणले रोकिएका सरकारी काम सोही शिविरबाट लाभ लिन सकिनेछ । ढकालले शिविरलाई भव्य र सबैलाई समावेश गरी बढी भन्दा बढी लाभान्वित गराउन स्थानीय नेपालीहरुसंग छलफल जारी राखेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *