होमप्रसाद लम्साल
अमेरिका, क्यानेडियन प्रधानमन्त्रि जष्टिन ट्रुडेउद्धारा हिन्दु धर्म मान्नेहरुको महत्वपुर्ण पर्व विजय दशमी तथा दुर्गा पुजाको उपलक्षमा शुभकामना व्यक्त गरेका छन । प्रधानमन्त्रि जष्टिनद्धारा विजय दशमीको उपलक्ष्यमा जारी प्रेश विज्ञप्तिमा विश्वभरका हिन्दु समुदायलाई सम्बोधन गर्दै कोरोना संक्रमणको अवस्थामा विशेष सर्तकता अपनाउँदै पर्व मनाउन अनुरोध गरेका छन ।
विज्ञप्तिमा क्यानडाले सबै धर्मालम्बीहरुको फरक विशेषतालाई सम्मान गर्ने भन्दै सबैको धार्मिक विशेष्तालाई सम्मान गर्ने बताएका छन । क्यानेडियन प्रधानमन्त्रि जष्टिनले अघिल्लो बर्ष पनि नेपाली तथा हिन्दुधर्मालम्बिहरुको महान पर्व विजय दशमी तथा दिपावलीको शुभकामना व्यक्त गरेका थिए ।