को को हुन अमेरिकाबाट देश निकाला भएका सात नेपालीहरु ?

अमेरिकाबाट देशनिकाला गरिएका ७ जना नेपालीहरु आइसको चार्टड विमानबाट काठमाडौं आइपुगेका छन् । उनीहरु बुधबार विहान ग्लफस्ट्रीम भी एन७४० एएसमार्फत काठमाडौं आइपुगेका हुन् ।

उनीहरुलाईै अल्बानियाको राजधानी तिरानाहुँदै काठमाडौं ल्याइएको हो । उनीहरुलाई सोमबार अमेरिकाबाट काठमाडौंका लागि चार्टड विमानमा राखिएको श्रोतले जानकारी दिएको छ ।

देशनिकाला गरिएका सातैजनालाई विना भिसा अमेरिका गएको आधारमा देशनिकाला गरिएको जनाइएको छ । त्यो बाहेक उनीहरुले अन्य कुनै अपराध गरेको पृष्ठभूमि नरहेको जनाइएको छ ।

देशनिकाला भएर काठमाडौं ल्याइएकाहरुमा ३७ बर्षका पौडेल, २६ बर्षका बस्नेत, ४६ बर्षका लामा, २७ बर्षका मगर, ३३ बर्षका शेर्पा र २८ बर्षका बुढाथोकी रहेका छन् । एकजना ४९ बर्षका पुरुषको थर खुलाइएको छैन । खसोखासले उनीहरुको नाम गोप्य राखेको छ ।

देशनिकाला हुनेमा सबैजना पुरुषहरु रहेका छन् । उनीहरु सबैका लागि वासिंटन डिसीमा रहेको नेपाली दूतावासले ट्राभल डकुमेन्ट जारी गरेको थियो । उनीहरु कमर्सियल उडानमार्फत नेपाल आउन नमानेपछि चार्टड गरेर पठाइएको जनाइएको छ । उनीहरु दलाललाई लाखौं रकम बुझाएर विना भिसा अमेरिकी सिमाक्षेत्रमा पुगेका थिए ।

Leave a Reply

Your email address will not be published.