कोलोराडोमा ग्रोसरी स्टोरमा भएको गोलीकाण्डमा मृतकको संख्या १०

कोलोराडोको बोल्डरमा ग्रोसरी स्टोरमा भएको गोलीकाण्डमा प्रहरी अधिकारीसहित मृतकको संख्या १० रहेको प्रहरीले पुष्टी गरेको छ । बन्दुकधारीले ग्रोसरी स्टोरमा अन्धाधुन्द गोली चलाउँदा लाशको चाङ लागेको थियो ।

संदिग्ध बन्दुकधारीलाई नियन्त्रणमा लिइएको छ भने नाम अझै सार्वजनिक गरिएको छैन । बन्दुकधारी पनि घटनामा घाइते भएको जनाइएको छ ।

स्थानीय समय अनुशार दिउसो पौने ३ बजे घटना भएको र गोली चलेको केही मिनेटमा नै प्रहरी घटनास्थलमा पुगेको जनाइएको छ । मिडियाहरुले शरिरको माथिल्लो भाग नांगो रहेको संदिग्ध आक्रमणकारीलाई हतकडी लगाएर बाहिर निकालेको भिडियो प्रशारण गरेका छन् ।

उसको दाया खुट्टा ढाकिएको र रगतले लतपतिएको थियो । लगत्तै एम्बुलेन्समा उसलाई अस्पताल लगिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *