अमेरिका, अमेरिकाको भजिर्निया राज्यको सेन्टरभिल शहरमा बस्दै आएका अर्का नेपालीको आज कोरोना संक्रमणबाट निधन भएको छ । २० दिनदेखि उपचारत महेश पन्थीको कोरोना संक्रमणवाट निधन भएको हो । भजिर्नियाको फेयरफ्याक्स काउन्टीस्थित इनोभा फेयर ओक्स अस्पतालमा उहांको निधन भएको बताइएको छ । ललितपुर कुपोण्डोलबाट एकदशक अघि अमेरिका आएका थिए
स्व पन्थी भजिर्निया राज्यको सेन्टरभिल शहरमा श्रीमती, छोरा र छोरीसंग बस्दै आएका थिए । अमेरिकामा कोरोनाबाट मत्यू हुने पन्थी नवौ व्यक्ति हुन । यस अखि आडनाको निधन भइसकेको छ ।
