कोरोना संक्रमणबाट न्युयोर्क निवासी अमात्यको निधन

अमेरिकाको न्यूयोर्कमा अर्का एकजना नेपालीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । ६९ बर्षिय महेश अमात्यको बिहिवार स्थानिय जमाइका अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

रिजउड नेपाली समाजका उपाध्यक्ष तुलसीराम आचार्यका अनुसार अमात्यलाई स्वास्थ्यमा थप समस्या आएपछि बुधवार साँझ अस्पताल लगिएको थियो । काठमाण्डौं स्थायी घर भएका अमात्यका एक श्रीमती र ३ छोरा छन् । अमात्य केही महिना पहिले मात्रै अमेरिका आएको जानकारी दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *