कोरोना भाइरस अपडेटः १९४ देशमा फैलियो, १६ हजार ५१४ को मृत्यु

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट पछिल्लो चौबीस घण्टामा एक हजार ८६४ जनाले ज्यान गुमाएका छन्।

यो सँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या १६ हजार ५१४ पुगेको छ। कोरोना भाइसका कारण सबैभन्दा बढी इटालीमा गएको २४ घन्टामा ६ सय १ जनाको मृत्यु भएको छ।

इटालीमा अहिलेसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६ हजार ७७ पुगेको छ।

१९४ देशमा फैलिएको कोरोना संक्रमणबाट विश्वका ३ लाख ७८ हजार ८ सय ४२ जनामा संक्रमण भएको छ। भारतमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या १० पुगेको छ। त्यहाँ ४ सय ९९ जनामा संक्रमण देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *