कोरोना भाइरसबाट बिश्वभर ४ नेपालीको मृत्यु, ३ सय ४४ जना संक्रमित

बिश्वभर कोभिड १९ बाट ज्यान गुमाउने नेपालीहरुको संख्या ४ पुगेको छ। सोमबारसम्म बेलायत २, नेपाल १, संयुक्त राज्य अमेरिका १, गरि ४ जनाको निधन भएको गैर आवासीय नेपाली संघ (एनआरएनए) को स्वास्थ्य समितिले जनाएको थिए । समितिका संयोजक डा. सन्जिब सापकोटाका अनुसार बिश्वभर ३ सय ४४ जना संक्रमित भएका छन् ।

नेपालमा कोरोना आसंकामा रहेका एक व्यक्तिको वीर अस्पतालमा मृत्यु भएको छ। आइतबार करिब ४० वर्षीया नैकापकी एक महिलाकाे वीर अस्पतालको आइसियुमा मृत्यु भएको हो। भने अर्का एक जनाको सोमबार दिउँसो अस्पतालको इमरजेन्सीमा मृत्यु भएको हो।

हालसम्म बेलायतमा कोरोनाकै कारण दुईजना नेपालीको मृत्यु भैसकेको छ । यसअघि गत हप्ता लण्डनस्थित साउथ ह्यारोमा बस्दै आएका संखुवासभा खाँदबारी निवासी ६६ वर्षीय भूतपूर्व गोर्खा सैनिक लिलाबहादुर राईको नर्थविकपार्क हस्पिटलमा कोरोना भाइरसका कारण मृत्यु भएको थियो । यस्तै साउथ इष्ट लण्डनको प्लमस्टिडमा बसोबास गर्दै आएका ४० वर्षीय प्रशान्त अर्यालको निधन भएको थियो ।

विश्वभर कोरोना भाइरसले संक्रमित नेपालीमा अष्ट्रेलिया ९, हङकङ १, बहराइन ३, यूएइ २, जर्मनी ४, स्पेन १८, बेलायत २, नेपाल ५, संयुक्त राज्य अमेरिका ३०० रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *