कोरोना भाइरसका कारण विश्वभरी पाँच लाख ८१ हजारको मृत्यु, संक्रमित ७८ लाख ७६ हजार

विश्वभरी महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण बुधबारसम्ममा मृत्यु भएकाहरुको संख्या पाँच लाख ८१ हजार भन्दा बढी पुगेको छ । त्यसैगरी कुल सङ्क्रमितको संख्या पनि दिनप्रतिदिन बढेर एक करोड ३४ लाख ७१ हजार ८६२ पुगेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार कुल सङ्क्रमितमध्ये ७८ लाख ६६ हजार २६५ जना भने सङ्क्रमण मुक्त भइसकेका छन् ।

विश्वभरी सङ्क्रमित भएकाहरुमध्ये सबैभन्दा धेरै अमेरिकामा रहेका छन् । कोरोनाका कारण मानवीय क्षति र सङ्क्रमितको संख्याका आधारमा अमेरिका सबैभन्दा अगाडि रहेको छ ।

अमेरिकामा बुधबारसम्ममा ३५ लाख ४५ हजारभन्दा बढी सङ्क्रमित भएका छन् भने मृत्यु भएकाहरुको संख्या एक लाख ३९ हजार १४५ रहेको छ । त्यसैगरी कोरोनाबाट दोस्रो धेरै प्रभावित भएको मुलुक ब्राजिलमा १९ लाख ३१ हजार सङ्क्रमित हुँदा ७४ हजार २६२ जनाको मृत्यु भएको छ ।

भारत तेस्रो धेरै सङ्क्रमितको सूचीमा पर्दछ भने चौथो धेरै सङ्क्रमित हुनेमा रुस रहेको छ । रुसमा बुधबारसम्ममा सात लाख ४६ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । रुसी अधिकारीहरुले कोरोनाका कारण देशभित्र मृत्यु भएकाहरुको संख्या ११ हजार ७७० पुगेको जानकारी दिएका छन् ।

त्यसैगरी पाँचौमा पेरु, छैठौँमा चिली, सातौंमा मेक्सिको, आठौँमा स्पेन, नवौंमा दक्षिण अफ्रिका र दशौँमा बेलायतमा धेरै सङ्क्रमितहरु रहेका छन् ।

कतिपय देशहरुमा सङ्क्रमित हुनेहरुको संख्यामा कमी देखिए पनि विश्वभरीको अवस्थामा सन्तोषजनक सुधार आउन नसकेको भन्दै विश्व स्वास्थ्य सङ्गठनले चिन्ता व्यक्त गरेको छ ।

 

विश्वमा कोरोना भाइरस संक्रमित भएका १ करोड ३४ लाख ८७ हजार ८०१ जना व्यक्तिमा ७८ लाख ७६ हजार ४७० व्यक्ति संक्रमण मुक्त भएका छन् । बुधबार साँझसम्म प्राप्त समाचारअनुसार विश्वमा कोरोना भाइरसको संक्रमणबाट ५ लाख ८१ हजार ९६८ जना व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जानकारी दिएको छ ।

हाल विश्वभरमा ५० लाख २८ हजार ७७५ व्यक्ति कोरोना भाइरस संक्रमित रहेका उनीहरुको उपचार भइरहेको छ । संक्रमितहरु मध्ये ५९ हजार ५७३ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।

डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र ३५ लाख ४८ हजार २१३ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख ३९ हजार १६२ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा २९ लाख ९३ हजार २४१ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ८ हजार ३९९ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ४१ लाख ५४  हजार ६८२ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ८९ हजार २४ जनाको मृत्यु भएको छ ।

युरोपमा २६ लाख ७ हजार ५२९ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ९७ हजार ४८० को मृत्यु भएको छ । एसिया ३० लाख ८९ हजार २०३ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ७३ हजार ११० जनाको मृत्यु भएको छ ।

अफ्रिकामा ६ लाख २९ हजार ६१९ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १३ हजार ८०७ जनाको मृत्यु भएको छ । ओसियानामा १२ हजार १५५ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १३३ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *