कोरोना बढेपछि नेपाल यात्रा नगर्न अमेरिकी चेतावनी

अमेरिकी विदेश मन्त्रालयले विश्वका ८० प्रतिशत मुलुकमा यात्रा नगर्न चेतावनीका साथ ट्राभल एड्भाइजरी जारी गरेकोमा नेपालमा यात्रा गर्नका लागि पुनर्विचार गर्नुपर्ने श्रेणीमा राखेको छ । विश्वब्यापी रुपमा कोरोना महामारी फैलिरहेको अवस्थामा अमेरिकी विदेशमन्त्रालयले अधिकांश मुलुकका लागि चौथो स्तरको ट्राभल एड्भाइजरी जारी गरेपनि नेपालका लागि तेश्रो स्तरको एड्भाइजरी जारी गरेको छ ।

नयाँ अपडेटमा यात्रा नगर्न भनिएका बाहेकका अन्य मुलुकमा अमेरिकी नागरिकलाई यात्रा गर्दा पुनर्विचार गर्न समेत भनिएको छ । ती देशहरुको वर्तमान स्वास्थ्य अवस्थाको मूल्यांकनका आधारमा सीडीसीको प्रकोप मूल्यांकनका आधारमा ट्राभल एड्भाइजरी जारी गरिएको हो ।

 

सीडीसीले जोखिमलाई ४ भागमा विभाजन गरेकोमा ८० प्रतिशत मुलुकमा उच्च जोखिम रहेको निष्कर्ष निकालेको हो । कोरोना महामारीको न्यून जोखिम रहेका देशलाई पहिलो श्रेणी, ठिक्कको जोखिम रहेका देशलाई दोश्रो श्रेणी, उच्च जोखिम रहेका देशलाई तेश्रो श्रेणी र अतिउच्च जोखिम रहेका देशलाई चौथो श्रेणीमा राखिएको छ ।

नेपाललाई सीडीसीले ठिक्कको जोखिम भएको दोश्रो श्रेणीमा राखेको छ भने भारतलाई अति उच्च जोखिम रहेको चौथो श्रेणीमा राखेको छ । सीडीसीको मूल्यांकन अनुशार अमेरिकाले भारतमा यात्रा नगर्नका लागि ट्राभल एड्भाइजरी जारी गरिसकेको छ भने नेपालमा पुनर्विचारका लागि सुझाव दिएको छ । चीनलाई भने अमेरिकन सीडीसीले जोखिम कम भएको पहिलो श्रेणीमा राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *