होमप्रसाद लम्साल
अमेरिका, विश्वभर फैलिरहेको कोरोना भाईरसको असर अमेरिकामा बस्ने नेपालीहरुमा पनि पर्न थालेको छ । हालसम्म अमेरिकास्थित दुतावास र गैरआवासिय नपाली संघको सम्पर्कमा कोही पनि नेपाली संक्रमित भएको तथ्यांक उपलब्ध छैन । अमेरिकास्थित नेपाली दुतावासले भाईरस संक्रमणबाट बच्ने उपायका बारेमा विज्ञ डाक्टरहरुसंग सम्पर्क गर्न भनी सुचना दिई रहेको राजदुत डा अर्जुन कार्कीले बताए । प्रकासित सुचनाप्रति धेरै नेपालीहरुले चासो प्रकट गरे पनि हालसम्म कोही नेपाली संक्रमणमा परेको सुचना छैन राजदुत कार्कीले नागरिकलाई बताए ।
गैरआवासिय नेपाली संघले विश्वभर प्रभावित नेपालीहरुको अवस्था बुझ्न आईसिसिस्तरमा अध्यक्ष कुमार पन्तको संयोजकत्वमा एक समिति गठन नै गरेर सर्तक रहेको सचिव गौरी जोशीले बताए । आईसिसि सचिव जोशीका अनुसार कोरोनाले माहामारीको रुप लिएपछि त्यसबाट बच्नका लागि सुचनामुलक सन्देशहरु प्रवाहगरी सबै एनसिसिहरुलाई आवश्यक समन्वय गरी रहेको बताए ।
उता गैरआवासिय नेपाली संघले पनि विविध सुचनामुलक कार्यक्रमहरु गर्दै आजदेखि हेल्पलाईन स्थापना गर्ने तयारी गरेको संघका अध्यक्ष सुनिल शाहले बताए । भाईरसको संक्रमणबाट बच्ने उपायका बारेमा सुसुचित गर्ने क्रमम विभिन्न राज्यहरुमा सुचनामुलक कार्यक्रम र विज्ञहरुसंग अन्र्तक्रियात्मक कार्यक्रमहरु गरी रहेका छौं र अवश्यक परेको बेला सहयोग होस भन्ने हेतुले २४ सै घण्टा हट लाईन सन्चालनमा ल्याउने कार्य अन्तिम चरणमा पुगेको अध्यक्ष शाहले बताए । अमेरिकामा बसोवास गर्ने नेपालीहरुमा कसैलाई पनि यो रोग लागेको समाचार बाहिर नआए पनि सतर्कता अपनाइरहेका छन् ।
उता टेक्सासस्थित नेपाली समाजले केहि घरायसी समाग्रीहरुको बजार अभाव भएपछि केहि होलसेल पसलहरुलाई सम्पर्क गरी अभाव हुन नदिने प्रयास गरी रहेको छ । समाजका अध्यक्ष सुमन थापाले दिएको जानकारी अनुसार टेक्सासस्थित रेन्जर होलसेलसंग समन्वय गरी बजारमा अभाव देखिएका सामाग्रीहरुको व्यवस्थापन गरी रहेको बताए । बजारमा अभाव देखिका सेनिटायजर, टिस्यू, टावेल पेपर, खाद्यान्नहरुको जोहो गर्न नेपाली समाज टेक्सासले शुरु गरेको सेवाबाट धेरै नेपाली आभान्वीत भएका छन् ।
रेष्टुरेष्ट व्यवसाय व्यवसाय ठप्प
उता अमेरिकामा रहेका नेपाली व्यवसायीहरु खास गरी रेष्टेरेन्टहरु मारमा परेका छन । बढी प्रभावित भएका सियाटल, न्यूयोर्क, क्यालिफोनिया, टेक्सासलगायत धेरै नेपाली रहेको राज्यहरुमा नेपाली व्यवसायीहरु मारमा परेका छन । टेक्सासमा दुई ठुला रेष्टुरेन्ट सन्चालन गरी रहेका नारायण पुरीका अनुसार दुवै रेष्टुरेष्टमा व्यवसाय लगभग ठप्प रहेको बताए । सन्चालक पुरीका अनुसार राज्य सरकारले रेष्टुरेन्ट सन्चालनमा कडाई गरेपछि यतिखेर रेष्टुरेन्टमा बसेर खान लगभग शुन्यमा झरेको छ भने घरमा खाना अभाव भएका नेपालीहरुले फोन गरेर अर्डर गरेको खण्डमा बनाएर उपलब्ध गराएको बताए । व्यवसाय शुन्यमा झरेपछि कर्मचारी कटौति गरेर कर्मचारीलाई घर बिदामा पठाइएको अवस्था छ । त्यस्ता रेष्टुरेन्टहरुमा मासुजन्य परिकार पाकाउन कम भएको छ भने प्लाष्टिकका प्लेट प्रयोगमा ल्याइएको छ । अमेरिकामा रहेका व्यवसायीमध्ये ९० प्रतिशत रेष्टुरेन्ट व्यवसायी रहेको अपुष्ट तथ्यांक रहेकोले नेपाली व्यवसायी निकै प्रभावित बनेका छन । विश्वको सर्वाधिक शक्तिशाली देश अमेरिकामा पनि कोरोना कोभिड १९ को संक्रमणसँगै आम मानिसमा यसको सन्त्रास मात्र होईन एक सयको हाराहारीमा मत्यू भएको छ भने ६ हजार बढी प्रभावित देखिएका छन । सरकारले संकटकाल लगाएको छ भने एयरलायन्स व्यवसाय, ट्रभाल टुरिजम व्यवसाय ठप्प भएका छन । यो भयावह रुपमा अझै बढ्दै गएको कारण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशवासीका नाममा संवोधन गर्दै देशभर राष्ट्रिय आपतकाल लागू गरेको घोषणा गरी विभिन्न सौलियत कार्यक्रमहरु घोषणा गरिएको छ । मानिसहरु दैनिक अत्यावश्यकीय खाद्यान्न तथा स्यानिटाइजर, सावुन, मास्क र ट्वाइलेटपेपरको खोजीमा यताउति भौँतारिरहेका छन् ।