कोरोनासंग लड्न अमेरिकामा नेपालीभाषी भुटानी समूदायमा जन्मिएको ब्रेभ भोलुन्टर

 

होमप्रसाद लम्साल
अमेरिका, चिनमा कोरोना भाईरसले उग्र रुप लिई रहँदा अमेरिकामा उपचार पदतिका बारेमा खासै चर्चा नै थिएन । त्यहि बेला अमेरिकी राष्ट्रपतिले त्यो चाईनिज भाईरस भन्दै थिए । हुन पनि यो भाईरस अमेरिका आएर यत्रो उधुम मच्चाउला भन्ने सायद न त कसैले सोचका थिएनन् होला । चिनमा उत्पात मच्चाएर अमेरिका प्रवेश गर्दै सरकारी तहमा रोकथामका बारेमा खासै तयारी थिएन तर शरणार्थीको रुपमा अमेरिका पुगेर आप्रवासी जीवन बिताएका नेपाली भाषी भुटनीज्हरु कोरोनासंग लड्न तयार भएर बसेका थिए । मुख्य कारण थियो दुई डाक्टर डा दामोदर पौडेल र डा सन्जु महतोको सहयोग अनि आफ्नै समुदायका १४ जना नर्ससहितको ५० जना आफ्नै समुदायको बहादुर अर्थात ब्रेभ भोलुन्टर टोलीको अथक प्रयास भएको भुटनीज् कम्यूनिटि अफ सेन्टर ओहायोका कार्यकारी निर्देशक सुर्दशन प्याकुरेलले बताए ।
समुदायहितमा सजिलै उपलब्ध हुने डा सन्जु महतो र डा दामोदर पौडेलको मदतमा ओहायोमा रहेका करिब ३५ हजार भन्दा बढी नेपाली भाषी भुटानी समुदाय कोरोना संक्रमणबाट बच्न बेलैमा तयार भएका हुन । ओहायोको कोलम्बस र सिनसिनाटीमा रहेका ठुलो नेपाली भाषी भुटानी समुदाय यतिखेर कम्प्यूटर एप नै निर्माण गरेर कोरोनासंग जुधिरहेका छन । शुरुमा कोरोनाको विषयमा जनचेतनामुलक कार्यक्रम गरेर त्यसबाट जोगिनका लागि अपनाउने सजकताको बारेमा स्थानीय रुपमा रहेका १४ जना नर्सलाई आवश्यक तयारीको तालिम दिईयो । उनिहरुले आफ्नो समाजमा काम गर्न तयार भएपछि दुई डाक्टरको सहयोगमा र भुटनीज कम्यूनिटिको संयोजनमा ब्रेभ सन्चालनमा ल्याइयो सोही सुमहकी डा सन्जु महतोले बताईन ।


भुटनीज रेस्पोन्स एसिष्टेन्स भोलुन्टर इफोर्ट (ब्रेभ जसको अर्थ बहादुर हुन्छ) स्थापना गरी कोरोना संक्रमण भएमा कसरी रोकथाम र उपचार गर्ने भन्नेमा पुरै तयारीमा रहेर सजकता अपनाएको कारण अमेरिकाको सबैभन्दा ठुलो समुह नेपाली भाषी भुटानीले यस संक्रमणबाट अहिलेसम्म क्षति ब्यहोर्नु परेको छैन । यसबाट के पनि देखिन्छ भने संकटको बेला जसले सावधानी अपनाउन सक्दछ उसैले जित्ने हो ।
यो समुहको नेतृत्व गरेका थिए भुटनीज् कम्यूनिटि अफ सेन्टर ओहायोका कार्यकारी निर्देशक सुर्दशन प्याकुरेलले । समुदायमा स्थापना गरिएको ब्रेभ अर्थात बहादुर समुहमा विभिन्न ६ वटा समुह निर्माण गरी ब्रेभ ग्राउण्ड, ब्रेभ वील, ब्रेभ नर्स, ब्रेभ डाक्टर र ब्रेभ पm्यामिली नामाकरण गरी सबैको फरक भुमिका र कार्ययोजना निर्माण गरेर जोखिममा रहेको भुटानी समुदाय कोरोनासंग सजिलै लडिरहेको निर्देशक प्याकुरेलले नागरिकन्यूजले बताए । सो समुहमा व्यवस्थापन, डाक्टर, नर्स र फिल्डमा खटिने भोलुन्टरसहित ५० जना स्वयमसेवी रहेका छन । ब्रेभ समुहमा आवद्ध व्यक्तिहरुको फरक फरक भुमिका निर्वाह गर्दछन । सबैले आआफ्नो भुमिका कम्प्यूटर प्राणालीमार्फत थाहा पाउँछन र सोही अनुसार गर्दछन । कोरोना संक्रमणको बारेमा समुदायको लागि कोलम्बस र सिनसिनाटीमा गरी २४ सै घण्टा सन्चालनमा आउने चारवटा फोन सेवा उपलब्ध गराइएको छ । जसलाई कुनै लक्ष्यण वा शंका लागेमा फोन गरेर उनिहरुले आफ्नो अवस्थाको जानकारी दिने र नर्स समुहले कम्यूटरमा ती व्यक्तिको आवश्यक सुचना राखेपछि डाक्टरले उनिहरुसंग थप जानकारी लिएर अस्पताल लैजानु पर्ने वा घरमै बसेर उपचार प्रक्रियामा सहभागी हुने भन्ने निश्चत गरिन्छ । अस्पताल जानु परे स्थानीय अस्पतालमा डा दामोदर वा सन्जुले सम्पर्क गरी एम्बुलेन्स बोलाएर अस्पताल लैजाने व्यवस्थापन गर्ने गरेको डा पौडेलले बताए । घरमा विरामी रहेका वा गाडी चलाउन नसक्नेहरुका लागि अत्यावश्यक औषधी वा खाद्य सामग्री किन्न परेमा भोलुन्टर परिचालन गरी कसलाई के आवश्यकता छ त्यहि अनुसार घरमै पुरयाउने व्यवस्था गरिएको छ ।

 


जो मानिस विारमीको आशंकामा सम्पर्कमा आएका हुन्छन सबैलाई आवश्यकता अनुसार निमित सम्पर्क गरी उनिहरुको अवस्थाको बारेमा अपडेट गर्ने गर्दछन । जसको कारण संक्रमण नबढोस र घरमै उपचार गरेर पनि सेल्फ क्वारेन्टाईनमा बस्न सल्लाह दिईन्छ । यो सबै प्रक्रियामा सामेल हुन कम्प्यूटर प्रणाली विकास गरिएको सिष्टमबाट अपडेट हुन्छ र सबैले घरबाटै आआफ्नो लग ईनबाट काम गरिहेको हुन्छ । यहि कामलाई व्यवस्थित गर्न ब्रेभ प्रोजेक्ट नामक सो एप्लिकेसन निर्माण गरिएको छ । यो समुहमा रहेका व्यक्तिलाई जसलाई जे भुमिका दिईएको छ उसको काम अनुसार एप्लिकेनमा सुचना प्रवाह हुन्छ र त्यहि अनुसार डाक्टर नर्स र भोलुन्टरले आआफ्नो काम सुचारु हुने संयोजक सुर्दशन प्याकुरेलले बताए ।

 

यस समुहमा यसरी सामान डेलिभरी गर्न १० जान भोलुन्टरले नियमित काम गर्ने गरेको निर्देशक प्याकुरेलले बताए । अझ पछिल्ला दिनहरुमा भुटानी समुदायको नमुना काम देखेर स्थानीय अमेरिकन र अन्य सुमदायहरु भोलुन्टर गर्न ईच्छुक हुन थालेका छन । भोलुन्टर गर्नका लागि एप्लिकेसनमा लगईन गरेर निवेदन दिन सकिने र आवश्यकता अनुसार परिचालन गरिने प्रणालीको विकास गरिएको छ ।

मुदायले आफ्नै रिसोर्सबाट शुरु गरिएको यस अभियानमा कोलम्बस फाउण्डेसनले पनि १८ हजार डलर सहयोग गरेको प्याकुरेलले बताए । कोलम्बसमा पव्लिक हेल्थ डिपार्टमेन्टले समेत भुटानी समुदायको कामलाई निकै प्रशंसा गर्ने गरेको डा दामोदर पौडेलले बताए । ३५ हजार भन्दा ठुलो समुदाय रहेको भुटानी सुमदायमा यतिखेर १४ परिवार संक्रमणमा रही क्वारेन्टाईनमा रहेका छन । उनिहरुलाई १४ दिनसम्म घरबाहिर ननिस्कन भनिएको छ । उनिहरुका लागि आवश्यक सबै कुरा किनेर घरमै पुर्याउने व्यवस्था स्वयमसेबी मार्फत गरिएको छ । उनिहरु सबै खतरा मुक्त छन । त्यहि मात्र होईन यतिखेर जो काम नभएर घरमा छन उनिहरुले सीप अनुसार माक्स बनाएर सुमदायमा वितरण गर्न थालिएको छ । यो नमुना काम देखेर भुटानी सुमदाय रहेको नर्थ क्यारोलिना, टेनेसी र पन्सेलभेनियालगायत अमेरिकाको अन्य स्थानहरुमा पनि यस खालको काम गर्न प्रेरित हुन थालेका छन ।

 


यो उदाहरणीय कामबाट अमेरिकामा मात्रै होईन विश्वका जुनसुकै कुनामा रहेका समुदायले बेलैमा तयारी गर्दा यस्ता महामारीसंग लड्न सकिन्छ भन्ने नमुना स्थापित गरेको छ । हरेक समस्याको लागि सरकारको मात्रै मुख ताक्नु भन्दा समुदायस्तरमा एकजुट भएर सक्ने काम आफै गर्न सकेको खण्डमा जस्तो सुकै समस्या समाधान हुन्छ भन्ने हामीले प्रमाणित गरेको निर्देशक प्याकुरेलले बताए । यो नमुना कार्यक्रम नेपाली मात्रै होईन अन्य समुदायका लागि पनि प्रभावकारी हुने डा पौडेल बताउँछन । अमेरिकामा ६० हजार भन्दा बढी नेपाली भाषी भुटानी रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *