कोरोनाबाट आज बिहानै अमेरिकामा एकको मृत्यू

अमेरिका, कोरोनाको संक्रमणबाट न्युयोर्कमा आज विहानै ङिमा तेम्बा शेर्पाको निधन भएको छ । शेर्पा किदुग अमेरिकाले श्रद्धान्जली व्यक्त गर्दै शेर्पाको निधनको पुष्टि गरेको छ । शेर्पा किदुगका आजीवन सदस्य ङिमा तेम्बा शेर्पाको आज बिहान क्वीन्सको एल्मर्स्ट अस्पतालमा असामयिक निधन भएको अमेरिकाका लागि नेपाली राजदुत डा अर्जुन कार्कीले बताए । ङिमा तेम्बा शेर्पा कोभिड १९ को संक्रमणका कारण विगत केही हप्ता देखि सो अस्पतालमा उपचाररत थिए ।
कोरोनाको महामारी सुरु भएपछि १५ दिनमा न्युयोर्कका ५ जना नेपालीहरुको निधन भएको छ । तर सबैको निधन कोरोनाको कारण भएको बताइएको छैन ।

photo from khasokhasonline.

Leave a Reply

Your email address will not be published. Required fields are marked *