अमेरिका : विश्व महामारी कोरोना भाइरसबाट अमेरिकामा मर्नेको संख्या ६३ हजार नाघेको छ। शुक्रबार बिहानसम्मको तथ्यांकअनुसार अमेरिकामा ६३ हजार १ जनाले ज्यान गुमाएका हुन् ।
त्यस्तै संक्रमित संख्या १० लाख ६९ हजार ५५३ पुगेको छ। जसमध्ये १ लाख ५३ हजार ९४७ निको भइसकेका जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकमा उल्लेख छ।
यसैबीच पछिल्लो समय रुसमा कोरोना संक्रमण तीव्र फैलिएको छ। रुसमा एकै दिन १२ हजार बढीमा संक्रमण देखिएको छ। यससँगै संक्रमितको संख्या १ लाख ६ हजार ४९८ पुगेको छ। जसमध्ये १ हजार ७३ जनाको मृत्यु भएको छ।
अमेरिकापछि दोस्रो बढी संक्रमित भएको स्पेनमा २ लाख ३९ हजार ६३९ जनामा संक्रमण भइसकेको छ। जसमध्ये १ लाख ३७ हजार ९८४ जना निको भएका छन् भने २४ हजार ५४३ ले ज्यान गुमाएका छन्।
त्यस्तै बेलायतमा संक्रमणबाट मृत्यु हुनेको संख्या २६ हजार ८४२ पुगेको छ। त्यहाँ १ लाख ७२ हजार ४८१ मा संक्रमण हुँदा ८५९ जना निको भएका छन्।
गत डिसेम्बरदेखि फैलिएको कोरोना महामारीका कारण हालसम्म विश्वभर २ लाख ३३ हजार ३६३ को ज्यान गइसकेको छ। त्यस्तै ३२ लाख ५६ हजार ५७० जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये १० लाख १४ हजार ५२४ निको भएर घर फर्किसकेका छन्।
कुन देशमा कति ? (दस देशको आँकडा)
अमेरिका
संक्रमित: १०,५९,५३४
मृत्यु: ६३,००१
निको: १,५३,९४७
कोभिड-१९ महामारीका कारण अमेरिकाको आधा जनसंख्या आर्थिक रुपमा प्रत्यक्ष प्रभावित हुने सर्वेक्षणले देखाएको छ ।
हालै गरिएको ‘न्युजआवर मारिस्ट’ सर्वेक्षणका आधारमा यस्तो तथ्य सार्वजनिक भएको हो । १ हजार भन्दा धेरै सहभागी वयष्कहरुमाझ गरिएको सर्वेक्षणमा संलग्न आधा जनसंख्याले हालको आर्थिक समस्या समाधान गर्न ट्रम्प प्रशासन असक्षम रहेको पनि जनाए ।
यसबीचमा थुप्रै युवाहरुले रोजगारी गुमाएका छन् । उनीहरुमध्ये अधिकांशले वेरोजगार सुविधाका लागि फारम समेत भरे । साथै अध्ययनले अमेरिकामा देखिँदै गरेको आर्थिक मन्दीले सबैभन्दा बढी विश्वविद्यालयको पढाइ विनाका कामदारलाई बढी असर पर्ने देखाएको छ । तीमध्ये पनि युवावस्थाका मानिसका लागि बढी असर देखिने बताइन्छ ।
यसवाहेक अस्वेत समुदायका मानिसलाई आर्थिक संकटको थप चुनौती देखिने सर्वेक्षणले देखाएको छ । सर्वेक्षण निर्देशक बार्बरा कार्बाल्लोका अनुसार केही घरेलु कामदारहरु भने आर्थिक संकटबाट प्रभावित हुँदैनन् ।
सर्वेक्षणमा सहभागी ८० प्रतिशत मानिस स्कुल, रेष्टुरेण्ट र विशाल इभेन्ट सम्बन्धी काममा रुची नभएको पनि प्रतिक्रिया दिए । साथै प्रष्ट बहुमत सहभागीले ट्रम्प हालको आर्थिक समस्या समाधान गर्न सक्षम नभएको मत जाहेर गर्छन् ।
यस्तै बहुसंख्यक सहभागीले महामारी नियन्त्रण तथा आर्थिक संकट समाधानमा राष्ट्रपतिले भन्दा गभर्नरहरुले राम्रो काम गरिरहेको तर्क राखेका छन् । यस्तै सर्वेक्षणमा बहुसंख्यक सहभागीले आगामी निर्वाचनमा राष्ट्रपति ट्रम्प भन्दा जोए बिडेनको पक्षमा नै उभिएका थिए ।