कोरोनाबाट अमेरिकामा एक नेपालीको मृत्यू चार संक्रमित

अमेरिकामा कोरोनाबाट एक नेपालीको मृत्यू भएको छ । मृतक ५० बर्षिय अनिल राई रहेको जनसम्पर्क समितिका अध्यक्ष आनन्द विष्टले बताएका छन ।

मृत्यू भएका व्यक्ति ५० बर्षिय अनिल लिम्बु रहेका छन । मृतकको नेपालस्थित पाँचथरबाट १५ बर्षदेखि अमेरिका बस्दै आएका थिए । अमेरिकाको न्यूयोर्क, भर्जिनिया र टेक्सासमा गरी चार जना नेपालीमा कोरोना भाईरस संक्रमण देखिएको छ। संक्रमण देखिएका परिवारका सदस्यमा पनि कोरोनाको लक्षण देखिएकोले घरमा नै बसी उपचार गरिहेको बताइएको छ। न्युयोर्कको ज्याक्सन हाइटमा बस्ने एकजना ४७ , अर्का ५५ बर्षका नेपालीमा पनि कोरोना भाइरस पोजेटिभ देखिएको छ।

त्यसैगरी भर्जिनियाको फयर फक्स बस्दै आएकी एकजना ३८ बर्षकी नेपाली महिलामा कोरोना भाइरस पोजेटिभ देखिएको छ। दुईदिन अगाडि आएको रिपोर्टमा कोरोनाको संक्रमण पुष्टी भएको बताइएको छ। उता टेक्सासमा पनि एक जनालाई कोरोनाको आशंका गरिएको छ। स्थानीयहरुले बताए अनुसार कोरोनाको संक्रमणको आशंकामा उपचार प्रक्रिया चलिरहेको छ। न्युयोर्कको ज्याक्सन हाइटको सत्यनारायण मन्दिर नजिकै बस्दै आएका ती व्यक्तिलाई तीन दिन अघि कोरोना संक्रमण भएको हो भने अर्का एक जनालाई सोमबार मात्र पुष्टि भएको हो। अर्का एक व्यक्ति न्यूयोर्ककै म्यानहटनमा काम गर्दै आएका व्यक्ति हुन। उनले झण्डै एकसाता अगाडिमात्र काम छाडेर जाँच गरिएको बताइएको छ।

ज्याक्सनहाइटको ७० स्ट्रीटमा बस्ने र ९० स्ट्रीटमा बस्ने २ जना नेपालीमा कोरोना संक्रमण पुष्टी भएर ती दुबै जनालाई एल्महस्र्ट अस्पतालमा भेन्टिलेरमा राखिएको बताइएको छ। संक्रमणका रहेका परिवारका सदस्यहरुलाई भने अवस्था सामान्य रहेकाले चिकित्सकहरुले घरमा नै सेल्फ क्वारेन्टाइनमा बस्न सुझाव दिएका छन्। संक्रमणमा परेका व्यक्तिहरुको परिवारका सदस्यहरुलाई पनि घरमै बसी अब्जरभेसनमा राखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *