कोरोनाबाट अमेरिकामा अर्का नेपालीको मृत्यू

अमेरिका, अमेरिकाको न्यूयोकमा एक जना नेपाली आज कोरोना भाइरसको कारण ज्यान गुमाएका छन । पवनकुमार मल्लको मृत्यु आज अपरान्ह उनकै निवास उडसाइडस्थित कोठामा भएको थियो उनका आफन्तले बताएका छन । ४५ वर्षका पवनकुमार ८ वर्षअघि एक्लै अमेरिका आएका थिए भने न्यूयोर्कमा ट्याक्सी चलाउने गर्दथे ।
कोरोना भाइरसको प्रकोप बढ्दै गर्दा उनी नियमित काममै हुन्थे । संक्रमित भएपछि भने रुम पार्टनरको सहयोगमा घरमै उपचार गर्दै आएका थिए । हिजो एक्कासी स्वासप्रस्वासमा समस्या आएर एम्बुलेन्स बोलाएर अस्पताल जान खोजे पनि त्यति जटिल नभएको कारण देखाएर अस्पताल नगएका उनको आज निवासमै निधन भएका हो । नेपालमा छँदा नेपाल प्रहरी सेवामा रहेका उनका श्रीमती र दुई छोरी नेपालमै रहेको बताइएको छ । अमेरिकामा कोरोनाको कारण मृत्यू हुने उनि चौथो नेपाली हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *