अमेरिका, कोरोना भाईरस प्रभावितका बारेका अमेरिकाका लागि नेपाली राजदुत डा अर्जुन कार्कीले कुटनीतिक नोट लेखेर अमेरिकामा रहेका नेपालीहरुको विभिन्न समस्याहरुको समाधानका लागि ध्यानाकर्षण गराएका छन । अमेरिकी सरकारले हाम्रो चासोप्रति सकारात्मक प्रतिउत्तर पाएको बताए । नोटमा अमेरिका भिजिटमा रहेका अभिभावकहरुको ओभरस्टे, विधार्थीहरुको समस्या, लिगल डकुमेन्ट नभएकाहरु लागि उपचारको व्यवस्था र अन्य विविध पक्षलाई समावेश गरी जानकारी गराएको राजदुत कार्कीले बताए । दुतावासले न्यूयोर्क र डिसीमा गरी २४ सै घण्टा सुचारु ह्ुने गरी हट लाईन स्थापना गरि काम गरिरहको जानकारी गराए । आज भएको कन्फ्रेन्स कल बैठकमा राजदुत डा कार्कीले नेपाल सरकारका राष्ट्रपति विद्यादेवि भण्डारीले अमेरिकामा रहेका नेपालीको बारेमा चासो प्रकट गर्दै सुरक्षित राख्ने सबै प्रक्रियामा मदत गर्न निर्देशन दिएको बताए । आज भएको कन्फ्रेन्स कलमा दिनु भएको जानकारी अनुसार दुतावासले सुचनामुलक कार्यक्रम गर्दै अमेरिकाकामा रहेका सघसस्थाहरुलाई संयोजन गर्ने काम गरिहेको बताए । कोरोना भाईरसबाट सबैभन्दा बढी संक्रमण रहेको अमेरिकामा रहेका नेपालीहरुमा संक्रमणको सख्या बढ्दो छ । बैठकमा राजदुत कार्कीले अमेरिकी कानुन अनुसार व्यक्तिगत विवरण राख्न नपाउने हुनाले डाटा संकलन सजिलो नभएको बताए । अमेरिकामा पछिल्लो अपडेट भए अनुसार एक लाख ९० हजारको नजिक भैरहेको बेला नेपालीहरु पनि नियमित रुपमा बढी रहेका छन । अहिले अमेरिकामा केहि नेपालीहरुमा मानसिक रुपमा पनि सामान्य ज्वरो आउँदा पनि मानिसहरु डराउन थालेको अवस्था बढ्दै गएका छन ।
जब कोरोनाको प्रकोप बढ्दै गए पनि यतिखेर प्राय जसो नेपालीहरुले काम छोड्न थालेका छन जसबाट संक्रमण घट्ने अनुमान गर्न सकिन्छ । सरकारबाट पाउने सुविधाका बारेमा छलफल र आवश्यक सहयोगका लागि दुतावासले संयोजन गर्ने प्रतिवद्धता व्यक्त गरे । बैठकमा महावणिज्य दुत ऋषि ढकाल र एसी शेर्पा तथा एनआरएन अमेरिकाका अध्यक्ष शुनिल शाह र काँग्रेसका केन्द्रिय आमन्त्रित सदस्य तथा जनसम्पर्क समितिअमेरिकाका अध्यक्ष आनन्द विष्टलगायत सहभागी भएका थिए ।