लन्डन । कोरोना भाइरसका कारण वेलायतको नटिङहममा बस्ने एक नेपालीको निधन भएको छ ।
नोटिङ्गघमस्थित गैरआवासीय नेपाली अभियानका अग्रज पशुपति पोखरेलका अनुसार भूपू गोरखा शिव श्रेष्ठको स्थानिय अस्पतालमा उपचारका क्रममा बुधवार दिउँसो निधन भएको हो ।
सोलुखुम्बुकाका ५८ वर्षिया श्रेष्ठ गत हप्ता देखि आइसोलेसनमा बसेका थिए । बुधवार बिहान स्वास्थ्यमा थप समस्या आए पछि अस्पताल भर्ना भएको पोखरेलले नेपालब्रिटेन डट कमलाई जानकारी दिए ।
गैरआवासीय नेपाली संघका केन्द्रीय पार्षद रण बहादुर केसीका अनुसार उनी दुई छोरा, श्रीमति सहित नोटिङ्गघममा बस्दै आएका थिए । उनी स्थानिय नटिङहम नेपाली समाजका संस्थापक सदस्य थिए ।
यसै बीच आजै लण्डनस्थित नर्थविक पार्क अस्पतालमा दुई जना नेपालीको निधन भएको छ । तमुधिं लन्डन इकाईका पूर्व अध्यक्ष दिपक (डेविड) गुरुङका अनुसार ५९ वर्षीय भूपू गोरखा चेत प्रसाद गुरुङको लन्डनको ह्यारोस्थित नर्थविक पार्क अस्पतालमा उपचारका क्रममा मंगलबार सांझ निधन भएको हो । अर्को एक नेपालीको परिचय खुल्न बाँकी छ ।
यसअघि बेलायतमा एकजना भूपू गोर्खा सैनिक लीलाबहादुर राई तथा प्रशान्त अर्यालको कोरोना संक्रमणका कारण निधन भएको थियो । वेलायतमा बुधबार साँझ सम्म ५ नेपाली सहित ७ हजार ९७ जनाको कोरोना कारणले ज्यान गएको छ । ६० हजार भन्दा बढीलाई कोरोना संक्रमण देखिएकोे छ ।