कोभिड–१९ विरुद्धको संघर्षमा गेट्स फाउन्डेसनद्वारा थप २५ करोड डलर दिने घोषणा

अमेरिकाको सियाटलमा मुख्यालय रहेको बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनले कोभिड–१९ सँग सम्बन्धित अनुसन्धान तथा कोभिड–१९ खोप परीक्षण, उपचार र खोपको समान वितरणका लागि थप २५ करोड डलर उपलब्ध गराउने घोषणा गरेको छ ।

सन् २०२१ मा सबैका लागि कोभिड–१९ सँग सम्बन्धित वैज्ञानिक नवीन खोजमा पहुँच उपलब्ध गराउन पनि सबैसँग फाउन्डेसनले आह्वान गरेको छ । फाउन्डेसनद्वारा जारी विज्ञप्तिमा सन् २०२१ मा विश्वको अवस्थामा व्यापक सुधार हुने अपेक्षा गरिएको छ । फाउन्डेसनकी सह–अध्यक्ष मेलिन्डा गेट्सले विश्वका सबै ठाउँका धनी–गरिब सबै किसिमका मानिसले कोभिड–१९ को खोप सहज र सुलभ रूपमा प्राप्त गरेको सुनिश्चित गर्न विश्वका नेताहरूले विशेष ध्यान दिने विश्वास पनि व्यक्त गरेकी छिन् ।

फाउन्डेसनले कोभिड–१९ को खोपलाई सस्तोमा सबै क्षेत्रमा खासगरी न्यून आय भएका मुलुकहरूमा उपलब्ध गराउन घोषित रकमको उपयोग गरिने जनाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘अहिले हामीसँग यस वर्षको सुरुमा अपेक्षा गरिएकोभन्दा खोपहरूको विकास निकै तीव्र गतिमा भएको छ । तर, यी नवीन खोज सबैको पहुँचमा उपलब्ध भएमा मात्र त्यसले सार्थक नतिजा दिन सक्छ ।’

कोभिड–१९ विरुद्धको संघर्षमा विश्वका धनाढ्य बिल गेट्सको अगुवाइमा स्थापित गेट्स फाउन्डेसनबाट भएको कुल प्रतिबद्धता एक खर्ब ७५ अर्ब डलर पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *