कोरोना प्रभावितलाई सहयोग जुटाउँदै अध्यक्ष उमेदवार लामीछाने

अमेरिका, मातृभुमि नेपालमा कोरोनाको प्रभाव बढी रहेको बेला गैरआवासीय नेपाली संघ अमेरिका अध्यक्षका उम्मेदवार कृष्ण लामिछानेले कोेभिड प्रभावीत नेपालीको सहयोगको लागि आह्वान गर्नु भएको छ । लामिछानेले एक बिज्ञप्ति जारी गर्दै एनआरएनए अमेरिकाका उम्मेदवारहरुलाई कोभिड प्रभावीत नेपालीको लागि सहयोग गर्न आह्वान गदै आफैले शुरुवात गरेका हुन । उमेदवार लामीछानेले  भने म आफ्नो मुलुकका लागि आफ्नो हैसियत अनुसार सहयोग गर्न तयार भएको बताए । आफुले चुनावी अभियानका क्रममा खर्च गर्न तयार पारेको रकम नेपालको कोरोना प्रभावितलाई दिने बताए । लामीछानेको नेतृत्व चुनावी मैदानमा रहेका उमेदवारहरुले  समन्वय गरी रकम संकलन शुरु भएको छ ।
लामिछानेले निर्बाचनका क्रियाकलापहरुलाई निरन्तरता दिदा दिदै पनि मातृभूमीमा देखिएको प्रकोपका बिरुद्ध लड्न के कस्तो योगदान दिन सकिन्छ भन्ने बिषयमा सबै उम्मेदवारका बीच छलफल गर्न तत्काल सामुहिक छलफल कार्यक्रमको आह्वान गर्नुभएको थियो ।
लामछिानेले एक विज्ञप्ति जारी गर्दै भनेका छन ‘हाम्रो मातृभूमी यो कहाली लाग्दो संकटबाट गुज्री रहदा हामी यहाँ चुप लागेर बस्न सक्दैनौ । मातृभूमीको यो संकटमा हामी एनआरएनएहरुले तत्काल के कस्तो सहयोग गर्न सकिन्छ भन्ने बिषयमा कम से कम हामी सबै पदका उम्मेद्वारहरु एउटा मञ्चमा उभिएर छलफल गरेर सामुहिक निष्कर्षमा पुग्नु अत्यन्त जरुरी भएको छ’ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *