केही हप्तामै वितरण गरिने कोरोना खोपको प्रभावकारिता झण्डै ९५ प्रतिशत !

वासिङटन : कोभिड १९ विरुद्ध तयार पारिएको खोपको प्रभावकारिता झण्डै ९५ प्रतिशत रहेको बताइएको छ ।

अमेरिकी कम्पनी मोडेर्नाका अनुसार सार्वजनिक गरिने तयारीमा रहेको पाइजर भ्याक्सिनको प्रभावकारिता ९५ प्रतिशत नजिक रहेको तथ्य बाहिर आएको छ । साथै उक्त खोपले कोरोना महामारी अन्त्य गर्नेमा आत्मविश्वास उत्पन्न भएको पनि कम्पनीले जनाएको छ । मोडेर्नाले यो तथ्य आउनुलाई ‘महान दिन’को रुपमा व्याख्या गरेको छ । साथै यसैलाई लिएर केही हप्ताभित्रै खोपको स्वीकृति लिनका लागि आवेदन दिने पनि कम्पनीले जनाएको छ ।

यद्यपि उक्त खोपको परीक्षणमा अमेरिकामा जम्मा ३० हजार मानिस सहभागी थिए । जसमध्ये आधालाई चार हप्ताको अन्तरमा दुई डोज खोप दिइएको थियो । र बाँकी खोप ‘डमी’को रुपमा थिए ।

र खोपको प्रभावकारिता भने पहिलो ९५ मा आधारित रहेर व्याख्या गरिएको हो । कम्पनीका अनुसार अनुसन्धानको क्रममा खोपले ९४ दशमलब ५ प्रतिशत काम गरेको थियो ।
यस्तै ११ जना गम्भीर प्रकृतिका संक्रमितहरुमाथि पनि खोप लगाउँदा उनीहरुलाई निको भएको र पछि समस्या नदेखिएको अनुसन्धानले देखाएको छ ।

‘समग्र प्रभावकारिता उल्लेखनीय छ । यो एक महान दिन हो,’ मोडेर्नाका प्रमुख मेडिकल अधिकृत ताल जाक्सले बीबीसीलाई बताएका छन् । मोडेर्नाका अध्यक्ष डा. स्टेफन होगले भने जब यसको नतिजा आयो अपत्यारिलो जस्तै लागेको प्रतिक्रिया दिए । उनले भनेका छन्, ‘हामीमध्ये कसैले पनि कोभिडलाई रोक्न यो खोप ९४ प्रतिशत प्रभावकारी होला भन्ने आशा गरेका थिएनौँ, यो वास्तवमै आश्चर्यजनक जानकारी हो ।’

खोप कहिले पाइन्छ त ?

खोप कहिले उपलब्ध हुन्छ भन्ने कुरा तपाईँ कहाँ हुनुहुन्छ र कति वर्षको हुनुभयो भन्ने कुराले निर्धारण गर्ने मोडेर्नाले जनाएको छ । साथै यो आगामी हप्ताहरुमै अमेरिकामा सुरु भने हुनेछ । र देशभर २ करोड डोज उपलब्ध गराउने पनि बताइएको छ ।

यस्तै आगामी वर्षसम्ममा विश्वभर १ अर्ब डोज प्रयोगका लागि उपलब्ध गराउने आशा राखेको कम्पनीले जनाएको छ । बेलायत सरकारले पनि कम्पनीसँग अझै सहकार्य गरिरहेको छ । जब कि, बेलायती खोप छिट्टो आउने ६ खोपमध्ये परेको छैन ।

सुरक्षित छ त ?

खोप कहिले आउला भन्ने जति चासोको कुरा हो, त्यत्तिकै मात्रामा यो सुरक्षित छ त ? भन्ने जिज्ञासा बढी छ । यस खोपबारे प्रमुख सुरक्षा चिन्ता प्रकट गरिएको छैन । तर पारासिटामोल वाहेक अरु औषधि सतप्रतिशत सुरक्षित हुँदैनन् ।

जस्तै कि, केही बिरामीलाई खोपपछि पनि टाउको दुख्ने, अरु दुखाइ र थकान जस्ता समस्या छोटो समयका लागि देखिनसक्ने सम्भावना रहन्छ । तर विज्ञहरु के भन्छन् भने यस खोपबाट रोग प्रतिरोधी क्षमता र अरु जे अपेक्षा गरिएको हो त्यसका लागि चाहिँ यसले काम गर्नेछ ।

संक्रामक रोग सम्बन्धी अमेरिकी विज्ञ डा. एन्थोनी फाउचीले कोरोनाभाइरस विरुद्धको खोप आइसकेपछि पनि सामाजिक दूरी र मास्क आवस्यक रहेको सुझाव दिएका छन् ।

‘म सबै जनतालाई सिफारिस गर्छु कि, तपाईँहरुलाई खोप लगाइएकाले सार्वजनिक स्वास्थ्य मापदण्ड उल्लंघन नगरिदिनूहव्ला,’ फाउचीले भने ।

एलर्जी तथा संक्रामक रोग सम्बन्धी राष्ट्रिय संस्थानका निर्देशक समेत रहेका डा. फाउचीले खोप लगाइसकेपछि पनि शारीरिक रुपमा असहज अवस्था हुने भएकाले सचेत रहन सुझाव दिए ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोनाभाइरस महामारी ‘फेक न्युज मिडिया’ले ठूलो मुद्दा बनाइदिएको आरोप लगाइरहँदा विज्ञहरुले भने कोरोना संक्रमणलाई कमजोर आंकलन नगर्न सुझाव दिँदैआएका छन् ।

अमेरिका, बेलायत, चीन, रुस लगायत देशमा कोरोना विरद्धको खोप विकासको काम अन्तिम चरणमा पुगेकाले विज्ञ फाउचीले खोपपछिको सम्भावित अवस्थालाई लक्षित गर्दै सुझाव दिएका हुन् ।

 

-बीबीसी

Leave a Reply

Your email address will not be published. Required fields are marked *