केहि दिनभित्रै सरकारको समर्थन फिर्ता हुन्छ: प्रचण्ड

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएका छन् । उनले नागरिक अगुवाहरुले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै आफूले प्रतिगामी भनेको  सरकारलाई समर्थन गर्न नसक्ने बताउँदै केहि दिनभित्रै समर्थन फिर्ता लिने बताएका हुन् ।

‘मैले जुन सरकारलाई प्रतिगामी भनेको छु त्यसलाई धेरै दिन समर्थन गर्न सिक्दन’, उनले भने, ‘नैतिक र राजनीतक ढंगले धेरै दिन पर्खन सक्दिन। चाहे राजनीति जतासुकै जावोस् । मैले मेरो राजनीति र नैतिकतालाई बचाउँनु पर्दछ । म केहीदिन भित्र नै त्यो पक्रिया अघि बढाउँछु ।’

हिजो जुन सरकरलाई अंसवैधानिक र अलोकतान्त्रिक भन्दै सडकमा हिडेका केहि मानिसहरुले  पनि समर्थन फिर्ता नलिनु भन्ने सुझाव आफूलाई  दिएको  उनले बताए ।

‘हिजो अंसवैधानिक र अलोकतान्त्रिक भन्दै सडकमा हिडेका केहि साथीहरुले फिर्ता फिर्ता नलिनु पनि भनेका छन’, उनले भने, ‘मलाई जर्बजस्त पनि गरिरहेका छन् । समर्थन फिर्ता लियो भने त झन उल्टो पर्छ है भनेका छन् । तर धेरै दिन कुर्न सकिँदैन । समर्थन फिर्ता हुन्छ।’

Leave a Reply

Your email address will not be published.