काठमाडौं, कोशी टप्पु कन्चनजंगा बायोडायभर्सिर्टीएजुकेसन लाईभलिहुड टेरा स्टुडियो (केटिके बेल्ट ईन्क) र राष्ट्रिय निकुन्ज तथाबन्यजन्तु संरक्षण विभाग तथा प्रकृति संरक्षण कोषबीच संझौता भएको छ । नेपालप्राकृतिक सम्पदा तथा जैविक विविधताले भरिपूर्ण भएकोले यहाँ पाइने वन्यजन्तु,वनस्पति र जैविक विविधता तथा तिनको समग्र संरक्षण, व्यवस्थापन र सदुपयोग गर्ने उदेश्य अमेरिकाकोवासिडटन डिसीमा आयोजित एक कार्यक्रममा हस्ताक्षर भएको हो । संझौतामा केटिकेबेल्टको तर्फबाट राजिव गोयल, राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव शरदअधिकारी र राष्ट्रिय निकुन्ज तथा बन्यजन्तु संरक्षण विभागका प्रमुख डा रामचन्द्र कंडेललेहस्ताक्षर गर्नु भएको छ । बन तथा वातावरण मन्त्रालयका सचिव डा पेम कंडेलको उपस्थितिमाभएको संझौतामा भएको हो ।
यो संझौताले नेपालको प्राकृतिक सम्पदा तथा जैविकविविधताको संरक्षणमा सघाउ पुग्ने वन तथा वातावरण सचिव डा कडेलले बताउनु भयो । संझौतापछि आगामी दिनमा वनस्पति वन्यजन्तुभू–दृश्यहरुको संरक्षण, संवर्धन तथा व्यवस्थापन गर्ने उद्देश्यले सहकार्य गर्नेगरी संझौताभएको प्रकृति संरक्षण कोष सदस्य सचिव शरद अधिकारीले बताउनु भयो । त्यसैगरी योसंझौताले नेपालको प्राकृतिक सम्पदा तथा जैविक विविधताको क्षेत्रमा स्कोप बढेर गएकोलेत्यसको पहिचन गरी संरक्षण प्रवद्र्धन र व्यवस्थापनको क्षेत्रमा सहकार्य हुने बताउनु संरक्षणमासघाउ पुग्ने राष्ट्रिय निकुन्ज तथा बन्यजन्तु संरक्षण विभागका प्रमुख डा रामचन्द्र कडेल बताउनुभयो । संयुक्त राष्ट्रसंघको कार्यक्रममा अमेरिका भ्रमणमा रहनु भएका उहाँहरुले अमेरिकाकोस्टेट डिपार्टमेन्टलगायत विभिन्न सरकारी निकाय, अमेरिकास्थित नेपाली दुतावास र संयूक्त राष्टसंघ नेपाली राजदुत अमृत राईसंगसिष्टाचार भेटघाट गर्नु भएको थियो ।
अमेरिका भ्रमण पलदायी भएको बताउँदै नेपालकोवन्यजन्तु संरक्षणमा अमेरिकी अधिकारीहरुले चासोपुर्वक मदत गर्न सकिने बताएका छन । विगत१५ बर्ष भन्दा बढी नेपालको पुर्वी क्षेत्रमा कार्यक्षेत्र बनाएको केटिके बेल्टका अध्यक्षगोयलले नेपाल सरकारसंग भएको संझौताले आफुहरुलाई थप काम गर्न उत्साह मिलेकोबताउँदै आगामी दिनमा प्राकृतिक सम्पदा तथा जैविक विविधताको संरक्षणमा सघाउ पुग्नेकाममा सहकार्य गर्दै अगाडी बढ्ने बताउनु भयो । के.टि.के. बेल्ट एक अन्तर्राष्ट्रिय गैर सरकारी संस्था हो । संस्थालेसमाज कल्याण परिषद्सँग सम्झौता गरी सिकाई थलोको मध्यमबाट स्थानीय समुदायलाई वैकल्पिकआय आर्जन र जीविकोपार्जनका कार्यक्रमहरु कृषि तालिम, वातावरणीय शिक्षा, राहत वितरणरसंरक्षण जस्ता कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ