कृष्ण लामीछानेद्धारा एनआरएन अमेरिकाको अध्यक्षमा उम्मेदवारी घोषणा

गैरआवासिय नेपाली संघ अमेरिकाको चुनावी दिन नजिकिदै गर्दा उम्म्ेदवार बन्नेक्रम बढेर गएको छ । विश्वभरी कै एनसिसिमध्ये ठुलो एनसिसि अमेरिकामा नेतृत्वका लागि केहि व्यक्तिहरुले उम्मेदवारी घोषणा गरिसकेका छन । अमेरिकी समाजमा पुराना अभियान्ता अर्थात सामाजिक पहिचान बनाएका कृष्ण लामीछानेले अध्यक्षको लागि उम्मेदवारी दिएका छन ।

लामीछाने अमेरिकामा राम्रा सामाजिक छबी बनाएका र नेपाली समाज टेक्सास , जनसम्पर्क समिति अमेरिकाका सस्थापक महासचिवलगायत दर्जनभन्दा बढी संघ संस्थाहरुमा नेतृत्वमा रहेर सफलतापुर्वक काम गरेका व्यक्ति हुन । उहाँले एनआरएन अमेरिकाकाको लागि अध्यक्ष पदमा आफ्नो उम्मेदवारीको घोषणा गर्दै यसो भनेका छन ।

आदरणीय मित्रहरू, दाजु भाइ तथा दिदी बहिनीहरू, पत्रकार साथीहरू, नमस्कार!!!

विगत २० वर्ष देखि म अमेरिकाको डालसलाई केन्द्र बिन्दु मान्दै तपईहरुको बिचमा  म एक मित्र, एक ब्यावसायी र एक सामाजीक स्वयंसेबकका हैसियतले कार्यरत रहेको बिदितै छ।
आफ्नो परिवार र निजी ब्याबसायबाट समय निकालेर बिभिन्न संघ संस्था मार्फत एवं ब्यक्तिगत रूपमा समेत प्रत्यक्ष वा अप्रत्यक्षरुपमा सामाजिक कार्यमा समर्पण गरिरहेको तपाईहरुलाई जानकारी नै छ।
नेपालबाट सात समुन्द्र पारी आएर अमेरिकामा नेपालीहरू बिचको आपसी सम्बन्धलाई अझ मजबुत बनाउन तथा विदेशी माटोमा नेपाली भाषा संस्कृतिको जगेर्ना गर्ने अभियानमा मैले एक ईटा थपेको समेत यँहाहरुले मूल्याङ्कन गर्नु नै भएको छ होला।
एक सामाजिक कार्यकर्ताको हैसियतमा समाजले मलाई हिजो पनि देखेको थियो-  आज पनि देखि नै रहेको छ र भविष्यमा पनि देखि नै रहने छ। यही समाजबाट मेरो सामजिक छबि बनेको थियो।  नेपालबाट  सपनाहरू बोकेर अमेरिका आएको एक ठिटोलाई यही समाजले नै सामाजिक कार्यकर्ताको परिचय दिएको गुनको मुल्य मैले कहिल्यै चुकाउन सक्ने छैन।  यही समाजबाट उत्पति भएको यो कृष्ण लामिछाने यही समाजमा सधैँ रहिरहने छ।  त्यसैले कहिले काँही समाजसेवाका नाममा हुने नचाहिदो राजनितिक गुट बन्दी र बिभाजनका कारण समाजले सही दिशा दिन नसके देख्दा तपांईहरू जस्तै मेरो मन पनि खिन्न हुन्छ ।
यही सन्दर्भमा गैर आबसिय नेपालीहरूको साझा सङ्गठन-NRNA अमेरिकाको चुनाव निकट भविष्यमा हुन गैरहेको छ ।
सोही क्रममा मैले पनि NRNA अमेरिकाको अध्यक्ष पदका उम्मेदवारी दिने जानकारी विभिन्न श्रोत मार्फत तपाईहरु माझ प्रस्तुत गरी सकेको छु।  NRNA अमेरिकालाई साचो रूपमा एक बिशुद्ध सामजिक संस्था बनाउन मेरो उम्मेदवारी हुने एक प्रमुख कारण हो। NRNA अमेरिकाको सदस्यता सधै अपारदर्शि, बिबादित र बहसको बिषय बन्दै आएको छ। त्यसलाई पूर्ण रूपमा सच्चाएर NRNA अमेरिकाका हरेक गतिबिधिलाई पारदर्शि ढंगबाट अघि बढाउनु मेरो प्रमुख काम हुनेछ।
मेरो उम्मेदवारी चुनाव जित्नमा मात्र केन्द्रित हुने छैन भन्ने प्रस्ट गराउन चाहन्छु।  मेरो उद्देश्य सामजिक भावानाको सही विकास समाजमा हुनु पर्छ भन्ने मान्यतालाई आगाडी बढाउन हो । मेरो यो उम्मेदवारी समाजसेवा जस्तो पवित्र भावनामा  आपसी कटुताको ग्रहण लाग्नु हुंदैन भन्ने सिद्धान्तको स्थापना गर्नु हो । मेरो उम्मेदबारी NRNA अमेरिका राजनितिक आस्थाका आधारमा बिभाजन हुनु हुंदैन भन्ने मान्यतालाई स्थापित गराउनका लागि हो ।
NRNA अमेरिकालाई पारदर्शि, स्वच्छ र अमेरिका भरि रहेका सबै नेपालीहरूको अपनत्व रहने संस्थाको रूपमा बिकशित गर्ने मेरो लक्ष हो । यो लक्षलाई सफल पार्न तपांईहरूको प्रत्यक्ष सहभगिता बिना संभब छैन ।
त्यसैले संस्था शुद्धीकरण अभियानमा यहांहरूको पनि सक्रिय रूपमा सहभागिताको अपेक्षा गर्दै NRNA अमेरिकाको सदस्य बन्न बिनम्र अनुरोध गर्दछु । सदस्यता लिने अन्तिम मिति फेब्रुवरी १५ तारिख, २०२१ सम्म मात्र रहेको पुन: स्मरण गराउन चाहान्छु ।
धन्यवाद 🙏
सहयोग र सुझाबको अपेक्षा सहित
कृष्ण लामिछाने
डालस, टेक्सास
२१४४५४०७३७

Leave a Reply

Your email address will not be published. Required fields are marked *