साेमबारदेखि राजदूत खतिवडा आफ्नाे कार्यभार सम्हाल्ने

अमेरिका, अमेरिकाका लागि नेपाली राजदूत डा. युवराज खतिवडाले आज सोमबारबाट आफ्नो कार्यभार सम्हाल्ने भएका छन । पूर्वराजदूत डा अर्जून कार्की शुक्रबार नेपाल फर्किए लगतत्तै शनिबार अमेरिका आइपुगेका राजदुत डा खतिवडाले सोमबारदेखि आफ्नो कार्यभार सम्हाल्ने छन् भने ओहोदाको प्रमाण पत्र बुझाएपछि मात्र उनले अन्य भेटघाट थाल्न बताइएको छ । अमेरिका आईपुग्ने वित्तिकै एयरपोर्टमा महावाणिज्यदुत प्रमराजा महत र दुतावासका कर्मचारीहरुले स्वागत गरेका थिए । आजबाट कार्यभार सम्हाले पनि राजदुत खतिवडाले एकसाता क्वारेन्टाईनमा बसी भेटघाट गर्ने कुनै पनि कार्यक्रम नगर्ने बताएको महावाणिज्यदुत महतले बताए ।
अर्थविद्का रुपमा छवि बनाएका नवनियुक्त डा खतिवडा अमेरिका आएसंगै नेपाल अमेरिकाबीचको सम्बन्ध नयाँ उचाई पाउने आशा गर्न सकिन्छ । प्रधानमन्त्रिका अति विश्वास पात्र नवनियुक्त राजदूत खतिवडा पूर्व अर्थ र सञ्चारमन्त्री, नेपाल राष्ट्रबैंकका गर्भनर, राष्ट्रिय योजना आयोगकको उपाध्यक्ष भएर काम गरिसकेका व्यक्ति हुन ।
निवर्तमान राजदुत डा अर्जुन कार्कीले ६ बर्ष कार्यकाल विताएर नेपाल फर्केका हुन । नेपाल अमेरिकाबीच पछिल्लो समय कुनटीतिक सम्बन्धमा केहि दरार आएको देखिएको छ । एकातिर अमेरिकी सहायता एमसिसि नेपाल सरकारले संसदबाट पारित गर्न नसक्दा अमेरिकी सरकारले असन्तुष्टि जनाईसकेको अवस्था छ भने अर्कोतिर नेपालमा बढी रहेको चाईनाको दबदवालाई पनि अमेरिकाले नजिकबाट हेरिरहेको र अमेरिका नेपालमा चिनिया भुमिकाप्रति खुसी नरहेको अवस्था छ । त्यसैगरी दक्षिण एसियामा अमेरिकी नीतिलाई कार्यन्वयन गर्न चिनियाहरु बाधा बनी रहँदा चिनसंग सीमा जोडिएको नेपालको भुमिकालाई अमेरिकाले नियाली रहेको अवस्थामा नवनियूक्त राजदुत डा खतिवडाका लागि केहि चुनौति देखिन्छ ।
सडक र ऊर्जा पूर्वाधार निर्माणसम्बन्धी परियोजनाका लागि एमसीसीले नेपाललाई करिब ५६ अर्ब रुपैयाँ अनुदान दिने सम्झौता (कम्प्याक्ट) सन् २०१७ भएको थियो । सोही सम्झौता अनुसार २०७७ असार तेस्रो साताबाट कार्यान्वयनमा जानुपर्ने भएपनि अझै यो प्रक्रिया टुंगिन सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *