कामु प्रधानसेनापतिले काम थाले

काठमाडौँ — कायममुकायम प्रधानसेनापति प्रभुराम शर्माले प्रधानसेनापतिको कार्यभार सम्हालेपछि आगामी कामबारे गृहकार्य थालेका छन् । प्रधानसेनापति पूर्णचन्द्र थापा सैनिक परम्पराअनुसार अवकाश हुनुभन्दा एक महिनाअघि घर बिदा बसेपछि शर्माले साउन २५ मा प्रधानसेनापतिको जिम्मेवारी पाएका हुन् । शर्मा भदौ २४ गतेबाट नेपाली सेनाको ४४ औं प्रधानसेनापति बन्नेछन् ।

‘प्रधानसेनापति थापा बिदामा बसेकाले शर्माले पूर्ण रूपमा जिम्मेवारी सम्हाल्नुअघिको अवधिमा संगठनका विभिन्न पक्षबारे उच्च पदस्थ अधिकारीसँग भेटवार्ता गर्नुभएको हो,’ सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले भने । उनका अनुसार साउन २५ गते जिम्मेवारी हस्तान्तरण कार्यक्रममा उपत्यका आइपुगेका कमान्ड प्रमुखहरू र प्रिन्सिपल स्टाफ अफिसर्ससँग कामु प्रधानसेनापति शर्माले छलफल गरेका हुन् ।

 

Leave a Reply

Your email address will not be published.