काठमाडौं उपत्यकालगायत देशैभरी मतगणना सुरु, घण्टीको अग्रताले दलीय असन्तुष्टि प्रष्टियो

काठमाडौं । आइतबार भएको आम निर्वाचनमा निर्वाचनको मतगणना सोमबार देशभरि नै हुने भएको छ । देशभरीका निर्वाचन अधिकृतका कार्यालयहरूका अनुसार ४ मंसिरमा स्थगित भएको ठाउँबाहेक सोमवारवाट मत गणनाको कार्य हुँदैछ । चुनावका बेला देखिएको चहलपहल र मतगणनामा देखाएको अग्रताले जनता दलहरुप्रति तिव्र असन्तुष्टि प्रष्ट देख्न सकिन्छ ।
राजनीतिक दलहरुप्रतिको वितष्णाको रुपमा नागरिकहरुले वैकल्पीक यात्रा रुचाएको देखिन्छ । काँग्रेस वा एमालेमा पनि युवा नेताहरु निर्वाचनमा अगाडी देखिएका छन यसको मतलव एउटै मान्छेलाई जनताले् नरुचाएको रुपमा लिन सकिन्छ ।

साथै, आइतबार बिहानैबाटै केही ठाउँमा मत गणना सुरू भइसकेको छ भने केही ठाउँमा अबको केही समयपछि मतगणना सुरू गर्ने तयारी भइरहेको छ । काठमाडौं उपत्यका भित्र काठमाडौं– ७, भक्तपुर–२, ललितपुर २ र ३ को मतगणना सुरू भइसकेको छ भने काठमाडौंका बाँकी ९ वटा क्षेत्रको मतगणना पनि अहिले ८ बजेदेखि सुरू हुँदैछ ।

कास्की–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ भने ललितपुर–२ मा एमालेलाई पछयाउँदै आएको छ । प्रारम्भिक मतगणनामा स्वतन्त्र पार्टीको घन्टी आक्रमक रुपमा देखिएको छ । उता, कास्की–२, मुस्ताङलगायतमा मतगणना सुरु भएको छ ।

काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा सोमबार बिहानैदेखि मतगणना सुरु गर्ने तयारी गरिएको छ । काठमाडौंका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाका अनुसार सर्वदलीय सहमतिका आधारमा बिहानदेखि मतगणना थालिनेछ ।

काठमाडौं निर्वाचन क्षेत्र नं १ को मतगणना बिहान ८ बजेदेखि सुरु गर्ने तयारी गरिएको उनले जानकारी दिए । काठमाडौं क्षेत्र नं १ को मतगणना अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वर, क्षेत्र नं २ को कागेश्वरी मनोहरा नगरपालिकाको थलीस्थित राधाकृष्ण मन्दिर, क्षेत्र नं ३ को गोकर्णेश्वर नगरपालिकाको जोरपाटीस्थित चामुण्डा मावि, क्षेत्र नं ४ को बूढानीलकण्ठ नगरपालिकाको चपलीस्थित ज्येष्ठ नागरिक भवन र क्षेत्र नं ५ को टोखा नगरपालिकाको श्रीसमाज भवनमा हुनेछ ।

निर्वाचन क्षेत्र नं ६ को तारकेश्वर नगरपालिकास्थित धर्मस्थली, क्षेत्र नं ७ को बालाजुस्थित जुडो हल, क्षेत्र नं ८ को स्वयम्भूस्थित गीतामाता विद्यालय, क्षेत्र नं ९ को रविभवनस्थित न्याथम कलेज र काठमाडौं क्षेत्र नं १० को कीर्तिपुरस्थित त्रिवि स्मृति भवनमा मतगणना गरिनेछ ।

यद्यपि, काठमाडौं निर्वाचन क्षेत्र नं ७ को मत गणना सुरु गरिसकिएको छ । निर्वाचन अधिकृत उषा श्रेष्ठले चार स्थानमा मतगणना सुरु गरिएको जानकारी दिए । प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष तथा समानुपातिकको मतगणना एकसाथ अगाडि बढाइएको छ ।

यस्तै ललितपुर निर्वाचन क्षेत्र नं २ र ३ को पनि मतगणना आज बिहान २ बजदेखि सुरु भइसकेको छ । ललितपुर क्षेत्र नं २ को सातदोबाटोस्थित राष्ट्रिय खेदकूद परिषद् परिसर र क्षेत्र नं ३ को जावलाखेलस्थित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा मतगणना जारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *