काठमाडौंलाई पनि छोयो कोरोनाले, तीन जनामा कोरोना संक्रमण

 

राम डंगोल
विश्वभर पैmलिको महामारी कोरोनाले राजधानी काठमाडौंमा पनि छोएको छ । काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने एकै परिवारका तीन जनामा कोरोना संक्रमण देखिएको छ । लण्डनबाट चैतको पहिलो साता फर्केका एकै परिवारका बाउ, आमा र छोरीको ¥यापिड टेष्ट गर्दा पोजिटिभ आएपछि उनीहरुलाई पाटन अस्पतालको आइसोलेसनमा लगिएको छ । उनीहरुमा ¥यापिड टेष्टले संक्रमण देखिए पनि पीसीआर परीक्षणका लागि टेकु स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाएको एक स्रोतले जानकारी दिनुभयो । पीसीआर परिक्षणको रिपोर्ट आएपछि मात्रै उनीहरुको संक्रमण निक्र्यौल हुनेछ । उनीहरुको स्वास्थ्य अवस्था भने सामान्य रहेको पनि अस्पतालले जनाएको छ । पाँच वटा टावर रहेको उक्त अपार्टमेन्टमा ५ सय परिवार बस्ने गरेको बताइन्छ । प्रहरीले उक्त अपार्टमेन्टलाई सील गरेको छ ।
यसैबीच टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा सोमबार गरिएको परीक्षणमा रौतहटका १९ बर्षिक एक युवकमा कोरोना संक्रमण पुष्टि भएसंगै संक्रमितको संख्या १४ पुगेको हो । यसअघि सोमबार नै कैलालीकी एक ६५ बर्षिया महिलामा पनि कोरोना संक्रमण भएको पाइएको थियो ।
उता रौतहटका संक्रमित युवक गत चैत १६ गते भारतको नयाँ दिल्लीबाट आएको र एक रात परिवारसंगै बसेको स्थानीयले बताएका छन् । हाल सेती प्रादेशिक अस्पतालमा ५ जना, गण्डकी अस्पतालमा २ जना, वीरगञ्जको नारायणी अस्पतालमा ३ जना र काठमाडौको टेकु अस्पतालमा २ जनाको कोरोना संक्रमितहरुको उपचार भईरहेको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ । बीरगञ्जमा भेटिएका संक्रमित ३ भारतियको सम्र्पकमा आएका २८ जना र छपकैया टोलका ५६ जनाको आरडिटि परीक्षण भइरहेको छ । हालसम्म ५२ जिल्लामा ¥यापिड परीक्षण किटबाट परीक्षण भइरहेको पीसीआर र आर.डि.टिबाट १० हजार ९ सय ८२ जनाको परीक्षण भइसकेको समाचार छ ।

 

प्रदेश नंबर १ ले कोरोना भाइरसको नियन्त्रण, रोकथाम तथा उपचार कार्यमा संलग्नको कोरोना संक्रमणबाट मृत्यु भएको खण्डमा ५० लाख रुपैयाँ दिने निर्णय गरेको छ । मुख्यमन्त्री शेरधन राईले प्रदेशबासीको नाममा भिडियो सम्बोधन गदै कोरोनाको उपचारमा खटिने चिकित्सक, सुरक्षाकर्मी, एम्बुलेन्स चालक निजामती कर्मचारी वा अन्य कुनै पदाधिकारीको कोरोना संक्रमित भइ मृत्यु भएमा प्रदेश सरकारको तर्फबाट ५० लाख रुपैयाँ दिने घोषणा गर्नुभएको हो । उहाँले प्रदेश सरकारले राहात वितरणका लागि स्थानीय तहलाई साढे ९ करोड रुपैया निकासा गरेका जनकारी गराउनुभएको छ । त्यसैगरी प्रदेश सरकारले कोरोना भाइरस बिरुद्वको यस अभियानलाई थप प्रभावकारी बनाउन सुरक्षा निकायहरुलाई १ करोड ६८ लाख रुपैयाँ निकासा गरेको छ ।

क्वारेनटाईनमा नबस्दा कोरोनाको जोखिम

दाङमा स्थानिय तहहरुले विदेशबाट आएकाहरुलाई क्वारेनटाइनमा राख्न नसक्दा कोरोनाको जोखिम बढेको छ । चैत्र यता स्थानीय तहले बिदेशबाट आएकाहरुको अभिलेख तयार पारे पनि उनिहरुलाई क्वारेन्टाइनमा राख्न नसक्दा जोखिम बढेको हो । पछिल्लो एक महिनामा विदेशबाट ३ हजार ६ सय भन्दा बढि ब्यक्ति दाङ भित्रिएका छन । यसमध्ये अहिले ३४ जना मात्र क्वारेनटाईनमा बसेका छन् । बिदेशबाट फर्किएकाहरुलाई सरकारले अनिवार्य रुपमा क्वारेन्टाइनमा राख्न अनुरोध गरेपनि त्यसको वेवास्ता गरी अधिकांश मानिस घरै बस्दै आएका छन । जिल्ला प्रशासन कार्यालयले भने एक स्थानीय तहदेखि अर्को स्थानीय तहमा जान कडाई गरेपनि यसको पूर्ण रुपमा पालना नभएको पाईएको छ । यता कैलालिका कोरोना संक्रमितसंगै आएका दाङका १० जनाको पहिचान भैसकेको र ७ जनालाई कोरोना बिशेष अस्पतालमा राखिएको तथा अन्य ३ जनालाई खोजि कार्य जारी रहेको प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजालले जानकारी गराउनुभएको छ ।
यता, लमजुङमा पनि विदेशबाट फर्किएकाहरुले अटेरी गर्दा कोरोना संक्रमणको जोखीम बढेको छ । तर, कोरोना संक्रमणको आशंकामा स्थानीय तहले विदेशबाट आएकालाई क्वारेनटाईनमा राख्न खोजेपनि अटेरी गरेको जनप्रतिनिधीहरुले गुनासो गरेका छन् । स्थानीय तहले निमार्ण गरेका क्वारेनटाईन भने प्राय खालि देखीएका छन् । लमजुङका ८ स्थानीय तहले ९ सय ४९ बेड क्षमताका क्वारेन्टाइन बनाएका छन् । तर क्वारेन्टाइनमा बस्नेको संङ्ख्या ३० जना मात्र रहेको छ ।

रौतहटमा थप कडाई

रौतहटको पूर्व पश्चिम राजमार्गका दुबै नाकामा संयुक्त सुरक्षाकर्मी परिचालन गरी थप कडाई गरिने भएको छ । पूर्वमा बाग्मती र पश्चिममा धन्सारमा सुरक्षाकर्मी परिचालन गरी आवातजावतमा थप कडाई गर्ने निर्णय भएको हो । ईलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरमा उपसचिब चेतराज बराल सहितको सर्बपक्षिय बैठकले यस्तो निर्णय गरेको हो । पास नलिएका सबारी साधन चल्न नदिने र पैदल यात्रुलाई पुर्ण रुपमा आवातजावतमा रोक लगाउने निर्णय गरिएको छ । छिमेकी जिल्ला पर्सामा कोरोना भाईरसको संक्रमित फेला परेसंगै चन्द्रपुर नगरक्षेत्रमा अत्याबश्यक सेबा अन्तर्गत पर्ने सबारी साधन, पास लिएका सबारी साधन बाहेक अन्य सबारी साधनको आवात जावतमा पुर्णरुपमा रोक लगाउने निर्णय भएको हो । बैठकले तरकारी तथा फलफुल बितरणका लागि उद्योग बाणिज्य संघको सिफारिसमा तरकारी तथा फलफुल बिक्री बितरण गर्न सीमित संख्यामा होमडेलिभरी गर्ने गरी सवारी अनुमती जारी गर्ने निर्णय पनि गरेको छ । यसैबीच, रौतहटको चन्द्रपुर–६ मा क्वारेन्टाइनमा बस्दै आएका ३२ जनालाई घर पठाइएको छ । क्वारेन्टाईनमा राखिएका ५८ जना मध्ये ४६ जनाको स्वाव परीक्षण गर्दा रिर्पोट नेगेटिभ आएको थियो । उनीहरु १४ दिन भन्दा बढी समयदेखि क्वारेन्टाइनमा बस्दै आएका थिए ।

बिरगञ्जबाट संक्रमितसंगै आएका ३४ जनाको पहिचान

कैलालीकी कोरोना संक्रमित महिलासंगै एउटै गाडीमा यात्रा गरेका ३४ जनाको पहिचान भएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले बिरगञ्जबाट आएका सबै व्यक्तिसंग सम्पर्क भईसकेको जानकारी दिनुभएको छ । स्थानीय प्रशासनको पास लिएर चैत १७ गते ३४ जना बसमा र एक जना ट्रकबाट गएका थिए । बीरगञ्जबाट आएका मध्ये कैलालीका २६, सुर्खेतका ५, दैलेखका एक, अर्घाखाँचीका एक र दाङका एक जना रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *