काठमाडौंमा बालेनले ३५ सय मत कटाए, स्थापित झण्डै १७ सय मतले पछाडि

काठमाडौं : काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता बढाउँदै लगेका छन्।

९ हजार १४८ मत गन्दा शाह एमाले उम्मेदवार केशव स्थापितभन्दा १६७७ मतले अगाडि छन्।

शाहले ३ हजार ५२३ मत प्राप्त गरेका छन्। स्थापितले भने १ हजार ८५६ मत प्राप्त गरेका छन्।

यस्तै गठबन्धनतर्फ कांग्रेसकी सिर्जना सिंहले १६३७ मत प्राप्त गरेकी छन्। राप्रपाका मदनदास श्रेष्ठले ३४७ मत प्राप्त गरेका छन्।

उपमेयरतर्फ एमालेकी उम्मेदवार सुनिता डंगोलले तेब्बर अग्रता बनाएकी छन्। उनले ३ हजार ५९१ मत प्राप्त गरेकी छन्। गठबन्धनबाट एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले एक हजार २७ मत प्राप्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *