काठमाडौँको नयाँ बसपार्कमा महिलामाथि सामूहिक बलात्कार, ८ जना पक्राउ

twitter sharing button

काठमाडौं – काठमाडौंको नयाँ बसपार्क क्षेत्रमा एक महिलामाथि सामूहिक बलात्कार भएको छ । अन्दाजी ३२/३३ वर्षीया महिलामाथि मंगलबार राति सामूहिक बलात्कार भएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी सुदीप गिरीले जानकारी दिए । उनकाअनुसार बलात्कारको आरोपमा आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरूको विवरण प्रहरीले सार्वजनिक गरेको छैन ।

पीडितमहिलाले प्रहरीलाई दिएको जानकारीअनुसार सामूहिक बलात्कारमा ९ जना संलग्‍न थिए । तीमध्ये आठ जनालाई पक्राउ गरिएको उनले बताए । थप एक जनाको खोजी भइरहेको उनको भनाइ छ । ती महिला काठमाडौँ उपत्यकाबाहिरकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *