कांग्रेस महाधिवेशन १६-१९ भदौमा गर्ने निर्णय

twitter sharing button
messenger sharing button
linkedin sharing button
sharethis sharing button
काठमाडौँ : नेपाली कांग्रेसले चौधौं महाधिवेशन भदौ १६ गतेदेखि १९ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको छ । पदााधिकारीको सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको बैठकले भदौ ७ देखि १० गतेसम्म गर्ने कार्यतालिका परिवर्तन गरेर १६-१९ सम्म गर्नेगरी सारेको हो । यो सँगै महाधिवेशन नौ दिन पर सरेको छ ।

बैठकले क्रियाशील सदस्यता २० असारसम्म छानबिन गरेर २४ असारमा सार्वजनिक गर्ने र वडा तहको अधिवेशन साउन ६ गतेबाट सुरु गर्ने निर्णय गरेको छ ।
यो महाधिवेशनको मिति केन्द्रीय समितिमा पारितका लागि पेस गरिनेछ ।

नेपालको संविधान २०७२ अनुसार कांग्रेसले महाधिवेशनको मिति भदौ १९ भन्दा पर सार्न नमिल्ने अवस्था थियो ।

यसअघि, ६ फागुन २०७७ मा कांग्रेसले केन्द्रीय समितिबाट ७–१० भदौ २०७८ मा गर्ने निर्णय गरेको थियो ।

महाधिवेशन कार्यतालिका सामान्य संशोधनका लागि पहिले पदाधिकारी बैठकले सिफारिस गरेको र केन्द्रीय समिति बैठकले निर्णय गर्ने केन्द्रीय समिति सदस्य एनपी साउदले जानकारी दिए ।

यसअघि, कांग्रेसले ६ फागुन २०७७ मा बनाएको महाधिवेशन कार्यतालिका अनुरुप ५ असारमा वडा, ७ असारमा गाउँ–नगर, १ साउनमा प्रदेश सभा क्षेत्रीय, ३ साउनमा प्रतिनिधिसभा क्षेत्रीय र एकमात्र प्रतिनिधिसभा क्षेत्र भएका जिल्ला र ६ साउनमा एकभन्दा बढी प्रतिनिधिसभा क्षेत्र भएका जिल्ला अधिवेशन गर्ने उल्लेख छ ।

१० र ११ साउनमा प्रदेश अधिवेशन र ७, ८, ९ र १० भदौमा केन्द्रीय महाधिवेशन गर्नेगरी कार्यतालिका त्यो बैठकले तय गरेको थियो । कांग्रेसले क्रियाशील सदस्यता वितरण र नवीकरण अन्तिम सूची केन्द्रमा तोकिएको समय प्राप्त नभएपछि पूर्वनिर्धारित कार्यतालिकामा केही परिमार्जन गरेर भदौभित्रै महाधिवेशन गर्नेगरी तयारी गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *