काँग्रेस महामन्त्रि शर्मासहित जम्बो टोली अमेरिका भ्रमणमा

 

एनआरएन अमेरिकाको साधारण सभामा भाग लिन काँग्रेस महामन्त्रि विश्व प्रकास शर्मासहित एक दर्जन नेता तथा कार्यकर्ता अमेरिका भ्रमणमा गएका छन । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाको ११ औ साधारण सभा तथा ज्ञान सम्मेलन जुलाई ३ र ४ तारिकमा नर्थ क्यारोलीनामा अतिथिको रुपमा नेपाली कांग्रेसका महामन्त्री विस्वप्रकाश शर्माको नेतृत्वमा, प्रतिमा गौतम, मनोजमणी आचार्य, दुर्लभ थापा, शंकर डांगी, बंसलाल तामाङ, अमृत भट्टचन, महेश खनाल र महामन्त्रि शर्माको श्रीमति कबिता शर्मा सहितको टोली कतार एयरवेज बाट त्यस तर्फ आज प्रस्थान गरेका छन ।

एनआरएनको विवादका कारण शेखर कोईरालालाई प्रमुख अतिथि बनाउने तय गरेपनि अस्वीकार गरे पछि अर्का महामन्त्रि गगन थापालाई प्रस्ताव गरिएको थियो थापाले पनि अस्वीकार गरे पछि उपसभापति पुर्ण बहादुर खड्कालाई प्रस्ताव गरिएको थियो । कोही नपाएपछि महामन्त्रि शर्मालाई अमन्त्रण गरिएको हो । शर्मासंगै अमेरिकाका जाने काँग्रेस, तरुण दल तथा नेवि संघको २३ जनाको टोली रहेको बताईन्छ ।

अमेरिकी एनआरएनमा विवादका कारण एकै समयमा टेक्सासमा र नर्थक्यारोलिनामा साधारणसभा हुदैछ । कुन कार्यक्रममा सहभागी हुने भन्नेमा एनआरएन आईसिसिका पदाधिकारीहरु पनि विभाजित देखिएका छन ।

Leave a Reply

Your email address will not be published.