कला लम्सालको तीज गीत पातली भाग २ चर्चामा

लोकप्रिय गायिका कला लम्सालले तीज गीत पुतली भाग दुई बजारमा आएको छ । भाग १ का व्यापक चर्चा भएपछि नयाँ तीज गीत पातली २ भर्खर मात्र सार्वजनिक भएको छ ।

पातली भाग एकलाई दर्शक स्रोताले अत्यधिक मन पराएका थिए भने यो गीत पनि सबैको मन जित्ने क्रममा रहेको छ । शिव हमालले यो गीतमा गाँउमा बोलिने टिपिकल शब्दलाई कलात्मक रुपमा गीतमा उतारेका छन ।

कलाले पनि गीतमा आफ्नो दमदार अभिनयको साथमा उत्कृष्ट आवाज समेत दिएकी छन । लोक दोहोरी क्षेत्रमा छुट्टै पहिचन बनाएकी कलाले बजारमा ल्याएको यस गीतले नेपाली तीज गीतको क्षेत्रमा चर्चा पाउने पक्का छ ।

तीजको भाव र मर्म अनुसार सिर्जना गरेको सो गीतले एक जवान युवतीको कथालाई गीतमा उतारेको छ ।

गीतमा लोकप्रिय निर्देशक प्रकाश भट्टले निर्देशन गरेका छन । भने गीतमा कला लम्साल र दिपसा विसीको अभिनय रहेको छ भने गीतलाई विष्णु शर्माले सम्पादन गरेका छन भने कृष्ण विकले संगीत संयोजन गरेका छन ।

Leave a Reply

Your email address will not be published.