काठमाडौँ– आगामी आर्थिक वर्ष २०७९–८० को बजेटले कर्मचारीको तलब १५ प्रतिशतले बढाएको छ । यससँगै निजामति सेवाको प्रमुख पद मुख्य सचिवको तलब मासिक ७७ हजार दुई सय ६ रुपैयाँ र सबैभन्दा तल्लो ओहोदा खरिदारको तलब ३२ हजार आठ सय ९४ रुपैयाँ पुगेको छ ।
बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले कर्मचारीको वैज्ञानिक तलब निर्धारणका लागि अध्ययन गराउने बताएका छन् । साथै बजेटले छिट्टै निजामति कर्मचारी विधेयक संसदमा पेस गर्ने घोषणा गरेको छ ।