विश्व फुटबलको महाकूम्भ कतारमा आजबाट औपचारक रूपमा सुरु भएको छ । बहुप्रतीक्षित ‘कतार विश्वकप २०२२’ को केहीबेरअघि भव्य उद्घाटन समारोह भयो ।
अल बायत स्टेडियममा आयोजना गरिएको उद्घाटन समारोह निकै भव्य आकर्षक थियो । उद्घाटन समारोहका लागि स्टेडियमको तापक्रम २५ डिग्री सेल्सियसमा सीमित राख्ने प्रविधि जडान गरिएको थियो ।
उद्घाटन समारोहमा अमेरिकन गायक लिल बेबी, कोरियाली ब्यान्ड बिटिएस, बलिउड स्टार नोरा फतेह, कोलम्बियाली गायिका शकिरा, जे बाल्भिन, नाइजेरियन गायक तथा गीतकार प्याट्रिक ओकारी, नाइजेरियाली कलाकार किज डेनियलसँगै स्थानीय कलाकारले प्रस्तुति दिए ।
एसियाली क्षेत्रमा दोस्रो पटक फुटबलको महाकुम्भ सुरु भएको हो । यसअघि सन् २००२ मा दक्षिण कोरिया र जापानले संयुक्त रूपमा फुटबलको महाकूम्भ आयोजना गरेका थिए ।
पहिलो विश्वकप आयोजना भएको २० वर्षपछि कतारले दोस्रो विश्वकप आायोजना गरेको हो । विश्वकपका औपचारिक खेल पनि आजबाटै सुरु भएका छन् । अहिले केहीबेरमा आयोजक कतारले इक्वेडरको सामना गर्दैछ ।
बहुप्रतिक्षीत फिफा विश्वकप सन् २०२२ आइतबारदेखि कतारमा सुरु हुँदैछ । प्रत्येक चार वर्षमा एक पटक हुने यस फुटबल महामेलामा ३२ टोलीले उपाधिका लागि भिड्दै छन् ।
प्रतियोगितामा आयोजक कतार, इक्वेडर, सेनेगल, नेदरल्यान्ड्स, इङ्ल्यान्ड, इरान, अमेरिका, वेल्स, अर्जेन्टिना, साउदी अरेबिया, मेक्सिको, पोल्याण्ड, फ्रान्स, अष्ट्रेलिया, डेनमार्क, ट्युनिसिया, स्पेन, कोस्टारिका, जर्मनी, जापान, बेल्जियम, क्यानडा, मोरक्को, क्रोएसिया, ब्राजिल, सर्बिया, स्विजरल्याण्ड, क्यामरुन, पोर्चुगल, घाना, उरुग्वे, र दक्षिण कोरिया भिड्दै छन् ।
फाइनलमा क्रोएसियालाईराएर २०१८ मा दोस्रो उपाधि जितेको फ्रान्स डिफेन्डिङ च्याम्पियन हो । यी टोलीहरूले विश्व-स्तरीय प्रतियोगिताको विरुद्ध आफ्नो मुकुटको रक्षा गर्ने लक्ष्य राख्नेछन् ।
अर्जेन्टिनाका स्ट्राइकर लियोनेल मेस्सीका लागि यो अन्तिम विश्वकप हुनेछ । उनी अहिलेसम्मकै उत्कृष्ट फुटबलरमध्ये एक मानिन्छन् । ३७ वर्षीय क्रिस्टियानो रोनाल्डोले अन्तिम पटक खेल्ने सम्भावना पनि उत्तिकै छ ।
यो फूटबल विश्वकप पहिलो पटक मध्यपूर्वले कार्यक्रम आयोजना गरेको हो ।
कतारका ८ वटा रंगशालामा यस प्रतियोगिताका ६४ खेल आयोजना हुने छन् ।
उद्घाटन खेलमा कतार र इक्वेडरले भारतीय समयअनुसार राति ९:३० बजेदेखि प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगिता भरका खेलहरू १२:३० पूर्वान्ह, ३:३० अपरान्ह, ६:३० अपरान्ह, ९:३० पूर्वान्ह मा हुँदै छन् । डिसेम्बर ३ देखि राउन्ड अफ १६ ले प्रतियोगिताको नकआउट चरणको सुरुवात हुनेछ ।
त्यसैगरी डिसेम्बर ९ बाट क्वाटरफाइनल र डिसेम्बर १४ बाट सेमिफाइनल खेल हुनेछ । उपाधि भिडन्त डिसेम्बर १८ मा लुसेलको लुसेल आइकोनिक स्टेडियममा हुनेछ ।
प्रतियोगी विभिन्न समूहहरू यस प्रकार छन् :
समूह ए: कतार (एच), इक्वेडर, सेनेगल, नेदरल्याण्ड्स
समूह बी: इंग्ल्याण्ड, इरान, अमेरिका, वेल्स
समूह सी: अर्जेन्टिना, साउदी अरब, मेक्सिको, पोल्याण्ड
समूह डी : फ्रान्स, अस्ट्रेलिया, डेनमार्क, ट्युनिसिया
समूह ई: स्पेन, कोस्टारिका, जर्मनी, जापान
समूह एफ: बेल्जियम, क्यानडा, मोरक्को, क्रोएसिया
समूह जी: ब्राजिल, सर्बिया, स्विजरल्याण्ड, क्यामरुन
समूह एच : पोर्चुगल, घाना, उरुग्वे, दक्षिण कोरिया । एएनआई