एमालेद्वारा उम्मेदवार सिफारिसको विधि र प्रक्रिया पारित

काठमाडौं–प्रमुख प्रतिपक्षी नेकपा एमालेले आसन्न स्थानीय तहको निर्वाचनमा उम्मेदवार सिफारिसको विधि र प्रक्रियालाई पारित गरेको छ ।

मंगलबार भक्तपुरमा बसेको एमाले केन्द्रीय सचिवालयको बैठकले उम्मदेवार सिफारिसको विधि र प्रक्रियालाई पारित गरेको र मापदण्डका बिषयमा भने केन्द्रीय कमिटीले निर्णय गर्ने प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।


उनका अनुसार वडाध्यक्ष र सदस्यहरुको सिफारिस वडा कमिटीबाट गर्ने र जिल्ला कमिटीले त्यसमा आवश्यक निर्णय गर्ने विधि तय गरेको छ। त्यस्तै गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका मेयर र उपमेयरको सिफारिस जिल्ला कमिटीले गर्ने र निर्णय प्रदेश कमिटीले गर्ने गुरुङले जानकारी दिए।

त्यस्तै महानगरपालिका र उपमहानगरपालिकाका मेयर तथा उपमेयरको टुङ्गो केन्द्रले लगाउने र त्यसको सिफारिस जिल्ला र प्रदेश कमिटीले गर्ने सुव्वाले जानकारी दिए । बैठकले चैत ९ र १० गते बस्ने केन्द्रीय बैठकमा अध्यक्ष केपी ओलीले राजनीतिक प्रतिवेदन पेश गर्ने निर्णय गरेको छ । त्यस्तै सोहि बैठकमा प्रदेश अध्यक्षले रिर्पोटिङ गर्ने तय भएको छ,

बैठकले निर्वाचन बिभाग गठन पनि गरेको छ भने स्थानीय तहको निर्वाचन केन्द्रीत घोषणा पत्र निर्माणलाई अघि बढाउने निर्णय पनि गरेको छ । एमालेको पोलिट्व्युरो चैत ७ गते बस्ने र १३ गते स्थायी कमिटी बैठक बस्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *