एमसीसी अस्वीकार गरे देश नयाँ आर्थिक संकटतर्फ धकेलिनेछ: पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे

काठमाडौँ- प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले एमसीसी अस्वीकार गर्दा नेपालको अर्थतन्त्रमा संकट आउनसक्ने बताएका छन्। त्रिभुवन विश्वविद्यालयको केन्द्रीय अर्थशास्त्र विभागले शुक्रबार आयोजना गरेको ‘नेपाली अर्थतन्तका नयाँ चुनौती र समाधानका उपायहरुको खोजी’ विषयक अन्तरक्रियामा बोल्दै उपाध्यक्ष पाण्डेले नेपालले एमसीसी अस्वीकार गर्दा आर्थिक संकट आइपर्न सक्ने बताएका हुन्।
एमसीसी सम्झौता अस्वीकार गर्दा अमेरिका रिसाएको खण्डमा आर्थिक रुपमा जोखिम र संकट पैदा हुन सक्ने पाण्डेको भनाइ छ। उनले भने, ‘अमेरिकाको सहयोग अस्वीकार गर्दा अन्य शक्ति राष्ट्रहरुले पनि नेपाललाई आर्थिक सहयोग गर्न हिच्किचाउनेछन्।’

‘तर नेपाल जस्तो मुलुकले मेरो पैसा नलिने भनेर दागा धरो भने बुझ्नुस् हामी जोखिम र संकटतर्फ प्रवेश गर्‍यौँ।’ 

नेपालमा धेरै रेमिट्यान्स भित्रिने मुलुकहरुसँग अमेरिकाको निकट सम्बन्ध रहेको भन्दै उहाँले ती मुलुकहरुसँग अमेरिकाले नेपालबारे असहमति राखेमा संकटमा फस्न सकिने तर्क उनको छ। पाण्डेले भने,  ‘एमसीसीसँग कतै अन्तर्राष्ट्रिय सम्बन्धसँग जोडिएर देश नयाँ आर्थिक संकटतर्फ जाने होइन? यसतर्फ अध्ययन गर्नुपर्ने खाँचो देखिरहेको छु।’

उनले अहिले विश्व बैंक, दक्षिण एसियाली बैंकले सहयोग रकम बढाइरहेको बताए। उनका अनुसार आईएमएफले पनि केही दिनअगाडि ४० करोड डलर ऋण दिएको छ। उनले भने, ‘यसले हामीलाई विदेशी मुद्रामा आइपर्ने जो चाप सन्तुलित बनाउन मद्दत गरिरहेको छ।’

पूर्वअर्थमन्त्री पाण्डेले एमसीसीबाट प्राप्त हुने ५५ अर्ब नलिँदैमा ठूलो नोक्सानी नहुने बताए। उनले भने, ‘तर नेपाल जस्तो मुलुकले मेरो पैसा नलिने भनेर दागा धरो भने बुझ्नुस् हामी जोखिम र संकटतर्फ प्रवेश गर्‍यौँ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *