एमसीसीको नयाँ सीईओमा एलिस अलब्राइट

काठमाडौँ — मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा एलिस अलब्राइट नियुक्त भएकी छन् । अमेरिकी सिनेटले अलब्राइटलाई सीईओ बनाउने निर्णयलाई सर्वसम्मतिले पारित गरेको हो ।

एमसीसीको कार्यवहाक सीईओ महमोद बाहले अलब्राइटलाई बधाई दिँदै उनकै अनुभव र विज्ञताले इतिहासको महत्वपूर्ण समयमा संस्थाले प्राप्त गर्ने बताएका छन् । अलब्राइटलाई गत अगस्टमा राष्ट्रपति जो बाइडेनले एमसीसीको सीईओमा मनोनयन गरेका थिए ।

अमेरिकाले आर्थिक विकासको माध्यमबाट गरिबी निवारण गर्ने उद्देश्यले सन् २००४ मा स्थापना गरेको एमसीसीको अलब्राइट छैटौं सीईओ हुन् । बाराक ओबामा अमेरिकाको राष्ट्रपति हुँदा उनी ग्लोबल पार्टनरसीप फर एजुकेसनकी सीईओ थिइन् । त्यसअघि अमेरिकी एक्जिम बैंकको कार्यकारी भाइस प्रेसिडेन्स रहेकी थिइन् । बैंकरको रुपमा व्यावसायिक जीवन सुरु गरेकी अलब्राइटसँग गाभी, द भ्याक्सिन एलाइन्समा पनि काम गरेको अनुभव छ ।

एमसीसीले नेपालमा विद्युत् प्रसारण लाइन र सडकको स्तरोन्नती परियोजना सञ्चालनका लागि ५० करोड डलर उपलब्ध गराएको छ । एमसीसीको परियोजना विवादमा परेको छ । संसद्‌बाट अनुमोदन गर्ने विषयमा सत्तारुढ गठबन्धनभित्रै सहमति जुट्न सकेको छैन ।

Leave a Reply

Your email address will not be published.