अमेरिका, गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाको निर्वाचनको सरगर्मी बढेको छ । आगमी मे २९ र ३० मा हुने निर्वाचनका लागि एनअसिसि र च्याप्टरहरुमा गरी चारसय भन्दा बढी उम्मेदवारको उमेदवारी परेको निर्वाचन आयोगले जानएको छ । उम्मेदवारको नामावली सार्वजनिक गर्दै निर्वाचन आयोगले उम्मेदवारको नाममा दावी विरोधका लागि सुचना निकालेको छ । आज दावी विरोध गर्ने सकिएकोले अब उमेदवारको अन्तिमा नामाजली निकालिने प्रमुख निर्वाचन आयुक्त विश्वनाथ बरालले बताए । अध्यक्षका लागि कृष्ण लामीछाने, बुद्धी सुवेदी, डा अर्जुन बन्जाडे, सुर्य लम्साल, तिलक केसीले उम्मेदवारी दिएका छन । चुनावी मिति नजिकिदै जाँदा अध्यक्ष उम्मेदावर कष्ण लामीछानेको पक्षमा महौल देखिन थालेको छ । लामोसमयदेखि सामाजिक छवी बनाएका लामीछाने अमेरिकामा निकै परिचित छन । सुखदुखमा साथ दिने लामीछानेको तुलनामा अन्य उमेदवार फिका देखिएका छन । त्यसको साथै आईसिसि सचिव गौरी जोशी र सल्लाहाकार हरिबोल भण्डारीको पुर्ण साथ पाएका कारण लामीछाने विजय नजिक छन । उता उनका प्रतिष्पर्धि मानिएका सुवेदीलाई पुर्व अध्यक्ष डा केशव पौडेलको साथ रहे पनि सामाजिक क्षेत्रमा लामीछानेको तुलनामा उनि त्यति चिनिएका नाम होईनन ।
निर्वाचनमा एनसिसि, च्याप्टर र आईसिसि सदस्यको निर्वाचन एकै पटक हुनेछ । लामीछाने र सुवेदीले आआफ्नो तर्फबाट टीम बनाएर चुनावी मैदानमा होमिएका छन । त्यसैगरी बरिष्ठ उपाध्यक्षमा कृष्णजिवी पन्त,बाबुराम लामा र चित्र केसी छन भने महासचिवमा विनोद भटट, नृपेन्द्र धिताल, अर्जुन चौलागाई र नवराज सुवेदीले उम्मेदवारी दिएका छन । महत्वपुर्ण मानिएको आईसिसिमा अमृत कटेल, रविन बज्राचार्य, अमृत सापकोटा, सीपी पौडेल, पदम ठकुराठी, सन्जय थापा र उत्तम कार्कीलयागतले उम्मेदारी दिएका छन । यतिखेर चुनावी मैदानमा उत्रिएका पदाधिकारी उमेदवारहरु धेरै नेपालीको बसोवास रहेको राज्यहरुमा घरदौलोमा सहभागी छन ।
आयोगले जारी गरेको सुचनामा निर्वाचन २०२१ को कार्य तालिका भन्दै अप्रिल ३ देखि मे ३१ सम्म झण्डै दुई महिना लामो कार्यतालिका सार्वजनिक गरेको छ । निर्वाचन आयोगद्धारा जारी सुचनामा मे २९–३० मा निर्वाचन र मे ३१ निर्वाचनको नतिजा प्रकाशित गरिने उल्लेख छ । एनआरएन अमेरिकाले आईसिसिको केहि निर्देशन पालना नगरेकोले समयमा नै निर्वाचन हुने कुरामा आशंका गरिए पनि एनसिसि विधानमा मे महिनामा नै निर्वाचन गर्नुपर्ने उल्लेख भएकोले जुनमा गर्न नसकिने जानकारी आईसिसिलाई दिएको बताइएको छ । त्यसबाहेक एमआईएस सिष्टममा लैजाने, छानवीनको लागि तथ्यांक आईसिसिलाई उपलब्ध गराइसकिएको र बाँकी सबै कुरा मान्न तयार भएको आईसिसि श्रोतले बतायो । अमेरिका विश्वभरको ८३ वटा एनसिसि मध्ये सबैभन्दा ठुलो २० हजार एक सय ३९ सदस्य रहेको ठुलो हो । यद्दपि आईसिसिले दिएको निर्देशन नमानेको खण्डमा भने एनसिसि अमेरिकाको विषयमा अझै के हुन्छ भन्न सकिन्न आईसिसि श्रोतले बतायो ।
