एनआरएन अमेरिका एकै समयमा दुई भेला

 

गैर आवासीय नेपाली संघ ९एनआरएनए० राष्ट्रिय समन्वय परिषद् ९एनसीसी० अमेरिकाको साधरण सभा अमेरिका क्षेत्रमा रहेका अधिकाक्ष आईसिसि पदाधिकारीहरुले बहिस्कार गरेका छन । एकै समयमा दुई स्थानमा भएको साधारण सभाले अमेरिका एनआरएन स्पष्ट दुई खेमामा परिणत भएको छ ।
जवकी एनसीसी अमेरिका विश्वमा सबै भन्दा धेरै सदस्य रहेको मुलुकको साधारण सभामा डेढ सय भन्दा न्यून उपस्थिति हुनु आफैमा दुखद हो । एनआरएनए अमेरिकामा २० हजार भन्दा बढी सदस्य छन्। हलमा अतिथि सहित करिव दुई सय जना सहभागि छन् एक उपस्थित सदस्यले बताए ।

एनसीसी अमेरिका कार्यसमितिका पदाधिकारीहरु नै साधरण सभामा अनुपस्थित छन्। साधरण सभा सँग सँगै विज्ञ सम्मेलन पनि भनिएको छ।

साधरण सभाको उद्घाटनमा आइसीसीका दुई दुई अध्यक्ष कुल आचार्य र रविना थापा तथा महासचिव डाक्टर केशव पौडेल सहभागि छन्। आईसिसि महासचिव गौरी जोशीले आफु दुबै कार्यक्रममा नजाने बताए। “समयमा नै ६ बुँदे सम्झौता कार्यन्वयन गराएको भए सबै साथी उत्साहजक रुपमा एक ठाँउमा भेला हुने अवस्था हुन्थो तर अब धेरै ढिलो भयो त्यस कारणमा म कुनै पनि कार्यक्रममा नजाने निर्णयमा पुगेको बताए ।

एसीसी अमेरिकाका उपाध्यक्ष सुमन थापा कन्भेनर रहेको साधरण सभा उद्घाटनको व्यवस्थापन पनि निकै फित्तलो देखिएको छ।

साधरण सभाको प्रमुख अतिधिको रुपमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकास शर्मा रहेका छन् । शर्माले पासनमा बत्ति बालेर साधरण सभाको उद्घाटन गरेका थिए।

शर्माले साधरण सभाको उद्घाटन गर्ने समयमा आसीसीका अध्यक्ष कुल आचार्य भने हल बाट बाहिर निश्किएका थिए।

अमेरिका निवासी आइसीसीका महाचसिव गौरी जोशी र कोषाध्यक्ष सुनिल शाह क्ष्ोत्रिय संयोजक प्रकाश सापकोटा उपसंयोजहरु सबैले साधरण सभा बहिस्कार गरेका छन् । यस्तै सीपी पौडैलको नेतृत्वमा रहेको अर्को समुहले आजमा टेक्सासमा बोलाएको भेला चलिरहेको छ । सो भेलामा क्षेत्रिय संयोजक प्रकास सापकोटालगायत सहभागी रहेका छन । भेलाको उद्घाटन एमाले नेता महेन्द्र पाण्डेले उद्घाटन गरेका थिए । यसबाट एनआरएन अमेरिका स्पष्ट दुई चिरामा परेको छ । एनआरएन नेतृत्व विवाद मिलाउन भन्दा गुटमा रमाउन थाले पछि अब एनआरएनको अस्तित्व संकटमा परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *