एनआरएनए एनसीसी अमेरिकाभित्र आईसीसी प्रतिनिधि डेलिगेटको सूचीको कारण विवाद फेरी एक पटक सतहमा आएको छ । डेलिगेट छनौट समिति र एनआरएनए अमेरिका कार्यसमितिबीच उत्पन्न विवादले प्रकृया मिचेर डेलिगेटको नाम पठाएपछि विवाद सतहमा आएको हो । एनआरएनको पहिलो बैठकबाटै शुरु भएको विवाद क्रमश बढेर कार्यसमितिमा नै दरार उत्पन्न भएको हो । धेरैले आशा गरेका अध्यक्ष डा अर्जुन बन्जाडेको एकलौटी गर्ने कार्यशैलीको कारण शुरुवातकै चरणबाट विवाद शुरु भएको छ । जसका कारण सस्थाभित्र उत्पन्न विवाद मिलाउनुको साटो फरक डेलीगेट सुची पठाएपछि छताछुल्ल हुन पुगेको छ । हुन त यस अघि पनि अमेरिकी एनआरएनमा यस्ता विवाद नभएको होईन तर पनि केहि आशा गरिएको नेतृत्वबाट नै शुरुवातमा नै विवाद शुरुभएपछि एनआरएन अमेरिकामा निराशा छाएको छ ।
डेलीगेट छानवीन समितिबाट तयार सुचीलाई अध्यक्ष बन्जाडेले नमान्ने भएपछि समिति र अध्यक्षबीच फरक फरक सुचि पठाउनुपर्ने बाध्यता उत्पन्न भएको देखिन्छ ।
समितिले तयार पा।ेको सुचिमा अध्यक्ष बन्जाडेले छलफल नै गर्न नमानेपछि आईसीसीमा अमेरिकावाट डेलिगेटको दुईवटा सूची गएका छन् । एउटा सूची डेलिगेट छनौट समितिले पठाएको छ भने अर्को सूची अध्यक्ष डा अर्जुन बञ्जाडे र महासचिव रामहरी अधिकारीले हस्ताक्षर गरेर पठाएका छन् ।आईसीसीका वरिष्ठ अधिकारीले अमेरिकावाट डेलिगेटका लागि भन्दै दुईवटा सूची आएको पुष्टि गरेका छन ।
एनसीसी अमेरिका कार्यसमितिले डेलिगेटको सूची तयार गर्न वरिष्ठ उपाध्यक्ष विकास उप्रेतीको संयोजकत्वमा बनाएको कमिटीले आधिकारिक लिष्ट वनाएको थियो । तर, यो कमिटीलाई वेवास्ता गर्दै अध्यक्ष र महासचिवले अर्को सूची पठाएका हुन् । डेलिगेटको सूचीका वारेमा कार्यसमितिमा छलफल नै भएको छैन ।
सल्लाहकार मनोनयन गर्दासमेत विवादमा आएको बन्जाडे नेतृत्व समितिले एक पछि अर्को गर्दै विवादमा परेको छ । एनआरएनए अमेरिका कार्यसमितिको निर्णय अनुसार गठन भएको डेलिगेट समितिका संयोजक विकास उप्रेतीले अमेरिकावाट जाने प्रतिनिधि डेलिगेटको नामका लागि कार्यसमितिमा छलफल नभएको वताएका छन । मैले अध्यक्ष र महासचिवलाई पटक पटक नाम फाइनल गर्न आग्रह गरें, उहांहरुले अग्रसर हुनुभएन त्यसपछि कार्यसमितिको निर्णय अनुसार गठन भएको समितिको संयोजकको जिम्मोवारीको हैसियतले मैले सूची पठाएको हो वरिष्ठ उपाध्यक्ष उप्रेतीले भने ।
डेलिडेट छान्न समिति बनाउने अनि उसले छानेको डेलिगेटको लिष्टमा छलफल नै नगरी अध्यक्षले आईसिसिमा अर्को लिष्ट पठाउनुलाई अध्यक्षको निर्णय एकलौटी देखिन्छ । सबैलाई समेटेर नयाँ एनआरएन बनाउछु भन्ने डा बन्जाडेको यो शैलीले उनको पहिलो गाँसमा नै झिगा परेको छ । यस्तै नियत दोहोरिदै गएमा एनआरएन अमेरिका कुन तहमा पुग्ला अनुमान गर्न गाह्रो छ ।