एनआरएन अमेरिकाको निर्वाचन परिणाम सार्वजनिक

(अमेरिका) – गैर अावासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको नयाँ नेतृत्वका लागि भएको चुनावको सम्पूर्ण नतिजा सार्वजनिक भएको छ ।
निर्वाचन समितिले सोमबार बिहान चुनावको सबै नतिजा प्रकाशित गर्दै विजयीहरूको घोषणा गरेको हो । चुनावी परिणाम अनुसार ५६१८ मत सहित बुध्दि सुवेदी अध्यक्ष निर्वाचित भएका छन् । उनका निकटम प्रतिद्वन्दी कृष्ण प्रसाद लामिछानेले ५२०० मत पाएका छन् ।
वरिष्ठ उपाध्यक्षमा कृष्णजीवी पन्त, उपाध्यक्षहरूमा विकास उप्रेती, दिलुराम पराजुली, गोपेन्द्र भट्टराइ र सुमन थापा विजयी भएका छन् । त्यस्तै महासचिवमा अञ्जन चाैलागाइ निर्वाचित भए भने सचिवमा अनुप खनाल विजयी भए ।

प्रमुख निर्वाचन अायुक्त विश्वनाथ वरालले चुनाव सम्पन्न गर्न सहयोग गर्ने सबैलाइ धन्यवाद ज्ञापन गरेका छन् ।

निर्वाचन परिणाम पछि अध्यक्षका प्रतिस्पर्धी कृष्ण लामिछाने र डा. अर्जुन बञ्जाडेले चुनावी परिणाम स्विकार गर्दै सामाजीक सञ्जाल फेसबुक मार्फत विजयीहरूलाइ वधाइ ज्ञापन गरेका छन् । त्षस्तै महासचिवका उम्मेदवार विनोद भट्ले पनि निर्वाचन परिणाम स्विकार गर्दै विजयी अञ्जन चाैलागाइलाइ वधाइ दिएका छन् ।

विजयीहरूले आउँदो जुलाइ ३ मा हुने संस्थाको साधारण सभा तथा पद हस्तान्तरण कार्यक्रम पछि अाैपचारिक रूपमा पदवहाली गर्नेछन् ।

एनआरएनए अमेरिकाको निर्वाचन २०२१-२०२३ का लागि निर्वाचित पदाधिकारीहरु :

अध्यक्ष: बुद्धि सागर सुवेदी
बरिष्ठ उपाध्यक्ष: कृष्ण जीबी पन्त
उपाध्यक्ष: सुमन थापा
उपाध्यक्ष: गोपेन्द्र भट्टराई
उपाध्यक्ष: डिलु पराजुली
उपाध्यक्ष: बिकाश राज उप्रेती
उपाध्यक्ष: दिक्षा बस्नेत (महिला तर्फ)
महासचिव: अन्जन कुमार चौलागाइ
सचिव: अनुप खनाल
सचिव: सुनिता कंडेल (महिला तर्फ)
कोषाध्यक्ष: राजीव श्रेष्ठ
सहकोषाध्यक्ष: अग्नि ढकाल
महिला संयोजक: सुन्दरी गुरुङ
युवा संयोजक: त्रिभुवन पाण्डे
बोर्ड अफ डाइरेक्टर 
बिसाल राना
डा. प्रकाश श्रेष्ठ
बाला राज घिमिरे
डोलनाथ घिमिरे
प्रभात सापकोटा
ज्ञानेन्द्र गुरुङ
सन्तोष पहारी
आशिष संग्रौला
शान्ति पौडेल
बिश्वराज बास्तोला
दुर्गेश कार्की
राज ढुंगाना
अन्तराष्ट्रिय समन्वय परिषद सदस्य
अमृत सापकोटा
संजीव कुमार श्रेष्ठ
बिन्दु निरौला
सुरेन्द्र मल्ल
संजय थापा
गोविन्द सुबेदी
नारायण कंडेल
बिनोद तिवारी
बिष्णु शाह
https://www.nrnusa.org/media/election_document/Election-Result-_2021.pdf

Leave a Reply

Your email address will not be published. Required fields are marked *