एनआरएनद्धारा अनलाईनबाट डोनेसन गर्न सकिने अनलाईन सेवा सार्वजनिक

होमप्रसाद लम्साल,

अमेरिका, कोरोना भाइरस “कोभिड(१९) राहत कोष” को लागि विश्वभर छरिएका गैरआवासीय नेपालीहरुले संघको बैंक खातामा सिधैं सहयोग गर्न सक्ने भएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कोरोना महामारीबाट पीडितको लागि आर्थिक संकलन गर्न अनलाईनबाटै रमक डोनेसन गर्न मिल्ने अनलाईन सार्वजनकि गरिएको छ । नयाँ अनलाइन पेमेन्ट प्रणालीवाट अब थोरै थोरै रकम पनि सहयोग गर्न सकिने उदेश्यले वेभ एप्लिकेसन सञ्चालन ल्याइएको हो । स्मार्ट एनआरएन अन्र्तगत तयार पारेको आनलाईन सेवाबाट विश्वको कुनाबाट जम्मा गरेको रकम सिधै सानिमा बैकमा जम्मा हुनेछ । यसो हुँदा विश्वभरीबाट रकम जम्मा गर्न चाहनेले एकद्धार प्रणालीबाट सहयोग गर्न मिल्ने एनआरएनका सचिव गौरी जोशीले नागरिकलाई बताए । विगतमा विभिन्न एनसिसिबाट रकम उठाएर हिनामिना भएको गुनासो आएको अवस्थालाई मध्यनजर गर्दै बनाइएको यो एकद्धार प्रणालीले रकम हिनामिना हुने अवस्था नरहने र एउटै खातामा जम्मा हुने भएकोले उठेका रकम पारदर्शि हुने भएकोले यसको प्रभावकारी रहने सचिव जोशीले बताए ।

संघले केही दिनमा मोबाईल एप्सबाट पनि सहयोग गर्न सक्ने व्यवस्था गर्न लागेको जनाएको छ । संघका कोषाध्यक्ष महेश श्रेष्ठको संयोजकत्वमा गठित आर्थिक समितिले कोरोना पिडितको लागि सहयोग गर्न ईच्छुक व्यक्तिहरुले आफ्नो व्यक्तिगत क्रेडिट वा डेभिट कार्ड प्रयोग गरेर अनलाइन मार्फत सहयोग गर्न सक्ने व्यवस्था मिलाएको हो । गैरआवासीय नेपाली संघको स्मार्ट एनआरएनए अन्तरर्गत पहिलो पटक अनलाईन मार्फत क्रेडिट वा डेभिट कार्ड प्रयोग गरी सहयोग गर्न सकिने व्यवस्था मिलाइएको संघका कोषाध्यक्ष श्रेष्ठले जानकारी दिए । कोरोना भाइरसको महामारीबाट पिडितको लागि संघले विश्वभरका शाखाहरुलाई परिचालन गर्दै २ करोड भन्दा बढि आर्थिक संकलन गरिसकेको छ । सहयोगको लागि यो लिंकमा गएर सहयोग गर्न सकिनेछ ।

https://nrna.respectinc.net/

Leave a Reply

Your email address will not be published. Required fields are marked *